पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ। यहि शुक्रबार र शनिबार पोखराको सभागृह हलमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरिएको बताए। ‘मेला बृहत हुनेछ। शैक्षिक मेलामा विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच लगायत विविध विषयका लागि पनि मेला उपयोगी हुनेछ। विद्यार्थीले सही सूचना पाउनेछन्।’ उनले भने।
उनले इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी एवं तिनका अभिभावकहरुको लागि प्रभावकारी भएकाले मेलालाई निरन्तरता दिइएकोे बताए। साथै उनले शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति,रहनसहन, वातावरण,समाज सम्वन्धित कलेजहरु तथा विश्वविद्यालयमा लाग्ने शिक्षण शुल्क, स्वास्थ्य विमा, अध्यागमन शुल्क आदिको वारेमा अध्यावाधिक र आधिकारिक जानकारी लिने थलोको रुपमा इक्यान शैक्षिक मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशको सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा इक्यान कास्की स्थापित भएकाले मेलाप्रति विद्यार्थीको विश्वास बढेको संस्थाका अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए। उनले शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धी निर्देशिका २०६८ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त यो मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिव ४० स्टलबाट आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श निःशुल्क रुपमा दिईने बताए।
मेलाको टाईटल स्पोन्सर इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्सका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले नीजि परामर्श दातृ संस्थाहरुको छाता संगठन इक्यान कास्कीले शैक्षिक गतिविधिलाई बढाउन गरेको अभ्यास सुखद् रहेको उल्लेख गरे। पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेकाले मेलामा विद्यार्थीको आकर्षण बढ्ने उनले बताए।
मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने संस्थाका सचीव सन्तोष शाहीले जानकारी दिए।
पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजनामा हुने मेलाको टाईटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स रहेको प्रचारप्रसार संयोजक कमलनाथ बरालले जानकारी दिए। साथै एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया र मुख्य प्रयोजकमा इडियु गु्रप अष्ट्रेलियाले साथ दिएको उनले बताए।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ