गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि सवारी साधनमा लेखिएका कविता गजल तथा सायरी लगायतका सामाग्रीहरू हटाउन थालेको छ।
शुक्रवार अमरसिंह चोक सडक खण्डमा गुडेका निजी तथा सार्वजनिक सवारीमा कानुन विपरीत लेखिएका कविता, गजल, सायरी तथा द्वि अर्थी लाग्ने भनाई, प्रचार प्रसार सामग्री लगायत सजावटका लागि क्याबिनमा राखिएका झल्लर र सिसामा टाँसिएका कालो स्टिकर ट्राफिक प्रहरीले हटाएको हो।
कार्यालयले सवारी साधनहरूमा कानुन विपरीत राखिने यस्ता सामग्रीले समाजमा विकृति ल्याउने, मानसिक खलल पुर्याउनुका साथै सवारी चालकहरूको ध्यान केन्द्रित भई सवारी दुर्घटना हुने गरेको जनाएको छ।
यसबाहेक कतिपय सवारी चालकले क्याबिन सजावटको लागि राखेका सामाग्रीका कारण स्पष्ट बाटो देख्न कठिनाईका कारण सवारी दुर्घटना हुने हुँदा सवारी साधनहरूमा कानुन विपरीत यस्ता सामग्रीहरु नराख्न सम्पूर्ण चालक तथा सवारी धनिहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग