किरण श्रेष्ठ, तनहुँ । विभिन्न मुद्दामा जेलजिवन बिताईरहेका तनहुँका नौ जना कैदीबन्दीको कैद भुक्तानी मिनाह भएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले ४० प्रतिशत कैद मुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीहरुको कैद भुक्तानी मिनाह गर्ने परम्परा अनुसार जिल्ला कारागार तनहुँबाट नौ जना कैदीबन्दीको बाँकी कैद भुक्तानी मिनाह गरिएको हो । बाँकी कैद भुक्तानी मिनाह भई रिहा हुनेहरुमा सवारी ज्यान मुद्दाका ४ जना, कर्तव्य ज्यान मुद्दाका ३ जना, १ जना चोरीका र बहुबिबाहका १ जना रहेको जिल्ला कारागार तनहुँले जनाएको छ । जवरजस्ती करणी, हातहतियार, वन्यजन्तु, लागु औषध लगायतमा भने कैदीलाई छुट छैन ।
सवारी ज्यान मुद्दामा कैद मिनाह भएकाहरु :
१. कृष्ण बहादुर थापा (व्यास नगरपालिका वडा नम्बर १२)
२. अर्जुन गुरुङ (धादिङ)
३. तारानाथ पुरी (सर्लाही)
४. विनोद मगर (महोतरी)
कर्तव्य ज्यान मुद्दामा कैद मिनाह भएकाहरु :
१. शेरबहादुर आले (रिसिङ गाउपालिका)
२. जग बहादुर राना (व्यास नगरपालिका वडा नम्बर १४ )
३. कौशल रानामगर (गोरखा)
चोरीमा कैद मिनाह भएका :
१. बुद्दिमान गुरुङ (कास्की)
बहुविवाह उद्योगमा कैद मिनाह भएकाहरु :
१. राजकुमार राना (नवलपरासी)
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन