पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो ।
यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।
सेवा सुरुआतको अवसरमा शनिबार युआरएल चाउथे परिसरमा निशुल्क शिविरसमेत आयोजना गरिएको छ । शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । शिविरमा अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत ५० प्रतिशत छुट दिइएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह तथा टिजीबारे प्रकाश पारे । उनले उचित जीवनशैली, स्वास्थ्य सजगता र समयमै जाँच गरे धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे ।
पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु प्रशंसनीय भएको विचार राखे । उनले भावी दिनमा युआरएल र चाउथे स्वास्थ्य क्लिनिकसँग सहकार्य गरिने बताए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने दिशामा संस्था लागेको बताए ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । उनले चाडै पोखराको विरौटा सेवा दिइने उनले उल्लेख गरे ।
सेवा केन्द्र सुरुआत भएको अवसरमा साउनभर सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइने सञ्चालक मणि न्यौपानेले जानकारी दिए । उनले युआरएल चाउथेसँगै रहेको चाउथे स्वास्थ्य क्लिनिकले साउन ५ गतेबाट सेवा दिने बताए । पोखराको तेस्रो ठूलो वडा पोखरा १४ का बासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गरी क्लिनिक र ल्याबसँगै सञ्चालन गरिएको उनको भनाइ छ ।
युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १५ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?