पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो ।
यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।
सेवा सुरुआतको अवसरमा शनिबार युआरएल चाउथे परिसरमा निशुल्क शिविरसमेत आयोजना गरिएको छ । शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । शिविरमा अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत ५० प्रतिशत छुट दिइएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह तथा टिजीबारे प्रकाश पारे । उनले उचित जीवनशैली, स्वास्थ्य सजगता र समयमै जाँच गरे धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे ।
पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु प्रशंसनीय भएको विचार राखे । उनले भावी दिनमा युआरएल र चाउथे स्वास्थ्य क्लिनिकसँग सहकार्य गरिने बताए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने दिशामा संस्था लागेको बताए ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । उनले चाडै पोखराको विरौटा सेवा दिइने उनले उल्लेख गरे ।
सेवा केन्द्र सुरुआत भएको अवसरमा साउनभर सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइने सञ्चालक मणि न्यौपानेले जानकारी दिए । उनले युआरएल चाउथेसँगै रहेको चाउथे स्वास्थ्य क्लिनिकले साउन ५ गतेबाट सेवा दिने बताए । पोखराको तेस्रो ठूलो वडा पोखरा १४ का बासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गरी क्लिनिक र ल्याबसँगै सञ्चालन गरिएको उनको भनाइ छ ।
युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १५ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो