पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर प्रिन्ट, ब्रेल पेपर सगै आवश्यक स्टेशनरी सामग्री सहयोग गरेको हो ।
शुक्रवार पुस्तकालय परिसरमा आयोजना गरिएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाल, पुस्तकालयका अडियो पुस्तक सम्पादक राजेन्द्र सुबेदी र अडियो पुस्तक रेकर्डर प्रभा त्रिपाठीलाई क्लबको तर्फबाट अध्यक्ष हरिमाया शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, कोषाध्यक्ष गंगालक्ष्मी गुरुङ्ग, सदस्यहरु लक्ष्मी गुरुङ्ग र रजनी श्रेष्ठ, सल्लाहाकार शान्ती भुषाल, पुर्व कोषाध्यक्ष अनार भारी र पोखर १ की वडा सदस्य शोभा गुरुङ्गले संयुक्त रुपमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
पुस्तकालयमा अध्ययनका लागि आउने दुष्टिविहिन विधार्थीहरुलाई अध्ययनमा सहजता होस भन्ने उदेश्य सहित सहयोग प्रदान गरेको क्लबकी उपाध्यक्ष पराजुलीको भनाई छ । पराजुलीका अनुसार जर्मनीका माइकल बाउरा र साथीहरु सगै बाडेन बाडेनको आर्थिक सहयोगमा पुस्तकालयलाई आवश्यक सामग्री प्रदान गरिएको हो ।
क्लबले पुस्तकालयलाई यस अघि ०७६ सालको वैशाखमा समेत कम्प्युटर एक थान, डिजिटल अडियो मिक्स्चर एक थान, हार्डडिक्स एक थान, माइक्रोफोन एक थान, टेबुल पंखा दुई थान, युएसपी दुई थान, ब्याट्री चार थान, मेमोरी कार्ड दुई थान, सातवटा पेनड्राईभ, ५ वटा मेमोरी कार्ड रिडर सगै ब्रेल पेपर सहयोग गरेको थियो ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै