(आशिष पुरी) पोखरा । नेपालमा मात्र नभई मलेसियामा समेत ‘स्पा’ सेवा प्रदान गर्दै आएको ‘ट्रान्क्युलिटी स्पा’को सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा पनि सुरु भएको छ । पोखरामा एक दशक अघिदेखि नै सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटीले लेकसाइडस्थित १४ नम्वर स्ट्रिटमा पोखराकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको होटल स्विस इन्टरनेसनल सरोवरमा सेवा सुरु गरेको हो ।
ट्रान्क्युलिटी स्पाको सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ ।
सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए ।

“हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ” उनले भने । ट्रान्क्युलिटी स्थापले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुइवटा शाखा मलेसियामा समेत छ ।
ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।
स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।
यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन्।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?