पोखराको फिर्के पुलमा बाईक दुर्घटना, एक गम्भीर, पानीको पाईप नै फुट्यो (फोटो फिचर)

पोखराको फिर्के पुलमा बाईक दुर्घटना, एक गम्भीर, पानीको पाईप नै फुट्यो (फोटो फिचर)

Bike Accident (1)

पोखरा, १९ कात्तिक /आइतबार साँझ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् ।

उनको पोखराका फिस्टेल अस्पतलामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरुीको भनाई छ । मोटरसाइकलको ठक्करले पानीको पाइप समेत फुटेको छ ।

दुर्घटनापछि प्रहरी टोली त्यहाँ पुगेर मोटरसाईकल गाडीमा हालेर फर्किएको थियो । यसअघि पनि सो स्थानबाट जिप खसेको स्थानीयले बताएका छन् ।

पोखरा बाग्लुंग हाईवेमा साँघुरो पुल र राति अँधेरो हुने भएका कारण दुर्घटना हुने गरेको स्थानीयले बताए । उनीहरुले रात्री समयमा सडक बत्तीको माग गरेका छन् ।

Pic. Soical Site

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ