गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा / तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए।
पोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आएका छन्।
आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उनको भनाइ छ।
विसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उनले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पालेका छन्। भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ । अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आएका थिए। तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पालेका हुन् ।
यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०/६० वटा भाले कालिज प्रतिवटा रु. तीन हजारका दरले बिक्री गरेको उनले बताए।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु