द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

पक्राउ

द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

दाहालले यसअघि पनि पुराना दल तथा नेताहरु विरुद्ध बोल्दै आएका थिए

bharat-dahal

काठमाडौँ।  राजनीतिक विश्लेषक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाललाई साइबर ब्यूरोको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

दाहाललाई युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको कसुरमा पक्राउ गरिएको हो ।

साइबर ब्यूरोको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँ ल्याइएको छ। असोज २ मा पूर्वतर्फ गएका दाहाल सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित चिया पसलमा छलफल गर्दै गर्दा पक्राउ परेका हुन् ।

भरत दाहाल नामको युट्युब च्यानलमार्फत उनले भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको कसुरमा उनी पक्राउ परेका हुन् । दाहाल विरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलिप गिरीले बताएका छन् । उनले भने, ‘युट्युबमार्फत तथ्यहीन कुरा प्रसारण गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको हो ।’

सरकार र सरकारका मन्त्रीहरूबारे दाहालले अफवाह फैलाउने र नकारात्मक कुरा गरेको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘आज काठमाडौँ ल्याइएको छ, भोलिबाट कानुनी प्रक्रिया सुरु हुन्छ ।’

युट्युब मार्फत दाहालले कन्सोर्टियम फर इलेक्सन्स एण्ड पोलिटिकल प्रोसेर स्ट्रेन्थेनिङ ‘सिइपिपिएस’ सँग गृहमन्त्री सुधन गुरुङको संस्था हामी नेपाल सम्बन्धित रहेको दाबी गरेका छन् । २०८२ भदौमा भएको जेनजी आन्दोलन अघि त्यहीँ संस्थाले तालिम दिएको दाबी गरेका छन् । नीति संवाद कार्यक्रम चलाएर सो संस्थाले भड्काउन प्रेरित गरेको आरोप लगाएका छन् । दाहालले सो भिडियोमा रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, सांसदद्वय सागर ढकाल र रञ्जु दर्शनाको बारेमा बोलेका छन् । उनले अमेरिकी खोजमूलक अनलाइन सञ्चारमाध्यम द ग्रेजोन को रिपोर्टबारे पनि व्याख्या गरेका छन् ।

नेपालमा उदाएका नयाँ राजनीतिक नेतृत्वलाई दाहालले अमेरिकी सरकारसँग जोडेर व्याख्या गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ