पोखरा, १५ कात्तिक/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको छ । केहि दिन आगडी सार्वजनिक सूचना निकालेसंगै चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णको चासो देखाएका हुन् ।
फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । त्यसको लागि भारत, मेलसिया, रसिया र चीनले चासो देखाइसकेका छन् । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो । स्टेडियममा करिब २५ देखी ३० हजार दर्शक अट्ने क्षमताको बनाउने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार ( १० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने पौडेलले बताए । ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ ।
उनका अनुसार ३५ दिनभित्रमा टेण्डर प्रक्रिया पुरा हुनेछ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड देखी एक करोड सम्म पुग्न सक्ने अनुमान लगाइएको छ । स्टेडियममा आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत राखिने छ । परिषदले १३ औं सागलाई मध्ये नजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो ।
स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ । फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा आयोजना हुदाँ फुटबल मैदान, दर्शक प्यारापिट, व्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो । जुन भूकम्पले जीर्ण बनाईदिएको छ ।
तस्बिरः सन्जय शाक्य
Ganthan.com

सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो