नेपालले मलेसियालाई पनि सहजै जित्यो, आठ विकेटको जीत

नेपालले मलेसियालाई पनि सहजै जित्यो, आठ विकेटको जीत

nepali U-19

गण्डक न्युज  पोखरा, २८ कार्तिक / मलेसियामा जारी एसीसी यू १९ युथ एशिया कप २०१७ मा नेपालले अर्को जित निकालेको छ ।

युवा स्टारर सन्दिप लामिछाने एक्लैले पाँच विकेट झारेपछि उसकै घरेलु मैदानमा नेपाल आठ विकेटका साथ जित हात पार्न सफल भएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले जम्मा ५.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

यसअघि ब्याटिङको निम्तो पाएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा समेटिएको थियो । ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि अनिलकुमार शाहले नटआउट २९ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए ।

अघिल्लो खेलमा नेपालले इतिहासमै पहिलो पटक क्रिकेट खेलमा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपालसामु भारत १९ रनले पराजय ब्यहोरेको थियो ।

पहिलो खेलमा भने नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ