प्रतिनिधि सभामा कास्की–२ बाट वामगठबन्धनका प्रत्यासी एमाले नेता रवीन्द्र अधिकारीले चुनावी अभियान तीब्र बनाएका छन् । आफ्नो क्षेत्र अन्तर्गतका दुई प्रदेशसभाका उम्मेदवार कृष्ण थापा र राजकाजी करणसँगै उनी विहानैदेखि रातिसम्म खटिएका छन् ।
घरदैलोका क्रममा अधिकारी पोखरा महामहानगरपालिका–८ सिमलचौरस्थित देवराज चालिसेको घरमा पुगेका थिए। चालिसे कास्की–२ बाट नेपाली कांग्रेसका उम्मेदवार छन्। निर्वाचनमा यिनै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। तर घरमा चालिसे थिएनन्। चालिसेपनि घरदैलोका क्रममा अन्यत्र गएका रहेछन्।
रवीन्द्रका साथमा प्रदेश २ ख) का वामगठबन्धनका उम्मेदवार राजकाजी गुरुङपनि थिए। उनी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुन्। अधिकारी र गुरुङ आफ्नो घरमा आइपुगेपछि चालिसेकी श्रीमति रश्मी घरबाट वाहिर निस्किन्। अधिकारी र गुरुङ दुवैले उनीसँग मत मागे।

अधिकारीले ‘राजनीतिमा प्रतिस्पर्धा स्वभाविक हो’ भन्दै श्रीमति चालिसेसँग सहयोगका लागि आग्रह गरेका थिए। आफूहरुबीच मित्रवत प्रतिस्पर्धा भइरहेको पनि अधिकारीले उल्लेख गरे।
घरदैलोमा सँगै रहेका माओवादी कार्यकर्ता बिपिन आचार्यका अनुसार, रवीन्द्रको आग्रहपछि रश्मीले भनिन्, ‘ठीकै छ नि, जितेर जानुस्, तपाईंलाई मेरो शुभकामना ।’
उनले अघिल्लो पटकको चुनावमा प्रतिष्पर्धी शोभियतबहादुर अधिकारीसँग पनि मत मागे । एकछिन रमाईलो माहौल बनेको थियो ।

अधिकारी चुनावी सभामा आफूप्रति अनेक लान्छना लगाएर मतदाता प्रभावित पार्न फोहोरी खेल खेलेको ठान्छन् । विपक्षी कांग्रेसले अरु केहि विषय नभएर आरोप लगाउने गरेको उनको ठहर छ । कांग्रेसले लोकतन्त्रको नारा फलाक्दै लोकतान्त्रिक चरित्र निर्वाह नगरेको उनको भनाई छ । तर बाम गठबन्धनका उम्मेदवार आफ्नो नैतिकतामा रहेर विपक्षी विरुद्ध पनि ससम्मान स्वच्छ प्रतिष्पर्धामा अघि बढेको जनाए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?