वाम गठबन्धनका साझा उम्मेदवारहरुले प्रतिनिधि सभा कास्की क्षेत्र नं १ अन्र्तगत आफ्नो क्षेत्रमा घर दैलो कार्यक्रम जारी राखेका छन् ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार खगराज अधिकारीले आफूसँग बिद्युत्, आधुनिक कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा ठूलो फड्को मार्न सक्ने गरि योजना रहेको बताउँदै त्यसलाई पुरा गर्नका लागि वामगठबन्धनलाई बिजयी बनाउन आग्रह गरेका छन् । उनले आफुहरु बोल्ने र आश्वासन भन्दा पनि काममा विश्वास गर्ने बताए ।
रीले देशलाई समृद्धिको बाटोमा लैजान कम्युनिष्ट शक्ति सक्षम रहेको बताए । नेपालको विद्यमान राजनीतिका घटनाक्रमलाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन कम्युनिष्टहरुको अतुलनीय योगदान रहेको औंल्याउदै राजनीति सँगै देशलाई समृद्ध बनाउने अभिभारा कम्युनिष्टले लिने पनि बताए ।

एमाले सल्लाहकार परिषद्का उपाध्यक्ष समेत रहेका अधिकारीले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता,आफ्नो गाउ आँफै बनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा कम्युनिस्ट सरकारको विकल्प नरहेको बताए । उनले तालहरुको संरक्षण र व्यवस्थित बस्ती विकास र बेरोजागरीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएको बताए ।
राम्रा योजना कार्यान्वयनका लागि पैसाको अभाव नहुने भन्दै अधिकारीले यस क्षेत्रमा लगानीकर्ताको सम्मेलन गरेर ठूलाठूला लगानी गर्न सकिने विश्वास व्यक्त गरे । उनले वाम गठवन्धन कसैप्रति लक्षित नभएर नेपालको गरिबी, अशिक्षा र बेरोजगारीको विरुद्ध भएको बताए ।
अधिकारीले सुकुम्वासी हकहितका लागि कम्युनिष्ट सरकार अपरिहार्य भएको बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले सुकुम्वासी समस्याको अन्त्ये गरि सुकुम्वासी शव्द नै नरहने गरि प्रक्रिया अगाडी वढाउने बताएका हुन् ।
विगतमा कम्युनिष्ट सरकारले नेतृत्व गर्दा सुकुम्वासीलाई लालपुर्जा वितरण गरेको स्मरण गराउदै लालपुर्जा सगै सुकुम्वासी शब्द नै उच्चारण गर्न नपर्नेगरि न्यायका लागि अग्रपंत्तिमा रहेर काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
बाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ को क प्रदेश तर्फका उम्मेदवार दिपक कोईरालाले विकासका लागि ईच्छा शक्ति महत्वपुर्ण भएकोमा जोड दिँदै बाम गठबन्धनसँग स्पप्ट भिजन र जनता प्रति उत्तरदाई भएर काम गर्ने योजना भएकाले हामीलाई भोट दिनोस् हामी तपाईहरुलाई विकास दिनेछौं उनको भनाई रहेको थियो ।
बाम गठबन्धन देश निर्माण गर्ने महान अभियान भएकाले यस पटकको चुनावमा प्राविधिक कारण बस दुई चिन्न भए पनि आगामी चुनावमा एउटै चिन्न हुने विश्वास दिलाउदै नेता कोईरालाले बाम गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाका सवै ठाँउमा दुई तिहाईले विजयी हुने ठोकुवा गरे ।
कास्की क्षेत्र नं १ को क प्रदेश तर्फका उम्मेदवार मनबहादुर गुरुङले अब देशमा बाम गठबन्धनको विकल्प नरहेको बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’