काठमाडौँ ३ मंसिर- एकमात्र छोरो प्रकाश दाहालको निधन भएको खबर सुनेपछि आमा सीता दाहाल मुर्छित भएकी छिन ।
आइतबार विहान आफ्नो छोराको निधन भएको खबर सुनेपछि उनी भक्कानीदै अर्थ बेहोस भएकी थिइन् । जेठी छोरी ज्ञानु दाहालको दुई वर्ष अघि नै क्यान्सरले लगेको थियो लगातार पुत्रपुत्री वियोगले दाहाल परिवार छटपटाईरहेको छ ।
पुत्र वियोगमा छटपटीए पनि छोराको मृत शरीर अन्तिम पटक हेर्न उनी पति प्रचण्डसहित नर्भिक पुग्दैछिन् । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ ।
धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिभावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।
प्रकाश बाँचुञ्जेल उनी आफ्नो व्यक्तिगत कारण विवादमा आईरहे । तर व्यक्तिगत तथा पार्टीगत हिसाबमा भने उनी कुबल र असल रुपमा चिनिने जानकारहरु बताउँछन् ।
व्यक्तिगत कमजोरी त सबैको हुन्छ । त्यसले अरुलाई कति असर परेको भन्ने कुरा हो । अरु नेताका छोराछोरी विदेशमा पढ्ने, मोज गर्ने गरिरहँदा प्रकाश भने प्रचण्डलाई नै साथ दिँदै आएका थिए ।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
आज विश्व पर्यटन दिवस मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि