पोखरा, ८ मंसिर / नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य लगाएतको टोलीले शुक्रबार पोखरा रंगशालमा अबस्थित मिडिया सेन्टरको अवलोकन गरेका छन ।
अध्यक्ष आचार्य सहितको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष तथा पश्चिमाञ्चल खेलकुद मिडिया सेन्टरका अध्यक्ष केशब पाठक, मंच कास्कीका उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सदस्य सुदर्शन रन्जित, ढाका मोहन बराल लगाएतले स्वागत गरेका थिए ।
मंचको टोलीले पोखरा रंगशालमा भइरहेको भौतिक पूर्वाधारको विकास लगाएत १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा हुने खेलकुद गतिविधीका बारेमा अध्यक्ष पौडेल संग जानकारी लिएका थिए । उनीहरुले पोखरा रंगशालाका विभिन्न पूर्वाधार विकासको पनि अवलोकन गरेका थिए ।
सो अवसरमा अध्यक्ष आचार्यले पश्चिमाञ्चलमा नै पहिलो पटक खेलकुद मिडिया सेन्टरको स्थापना भएकोमा खुसी व्यक्त गर्दै मिडिया सेन्टरले खेलकुद विकासमा नयाँ इट्टा थप्ने वताए ।
नेपाल खेलकुद पत्रकार मंचको टोलीमा पूर्व अध्यक्ष अजय फुयाल, कोषाध्यक्ष प्रज्वल ओली कार्य समितीका सदस्यहरु गेविन्द रेग्मी, सरिता श्रेष्ठ, अन्जन खडका र कमल खत्री रहेका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान