पोखरा, ८ मंसिर / नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य लगाएतको टोलीले शुक्रबार पोखरा रंगशालमा अबस्थित मिडिया सेन्टरको अवलोकन गरेका छन ।
अध्यक्ष आचार्य सहितको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष तथा पश्चिमाञ्चल खेलकुद मिडिया सेन्टरका अध्यक्ष केशब पाठक, मंच कास्कीका उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सदस्य सुदर्शन रन्जित, ढाका मोहन बराल लगाएतले स्वागत गरेका थिए ।
मंचको टोलीले पोखरा रंगशालमा भइरहेको भौतिक पूर्वाधारको विकास लगाएत १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा हुने खेलकुद गतिविधीका बारेमा अध्यक्ष पौडेल संग जानकारी लिएका थिए । उनीहरुले पोखरा रंगशालाका विभिन्न पूर्वाधार विकासको पनि अवलोकन गरेका थिए ।
सो अवसरमा अध्यक्ष आचार्यले पश्चिमाञ्चलमा नै पहिलो पटक खेलकुद मिडिया सेन्टरको स्थापना भएकोमा खुसी व्यक्त गर्दै मिडिया सेन्टरले खेलकुद विकासमा नयाँ इट्टा थप्ने वताए ।
नेपाल खेलकुद पत्रकार मंचको टोलीमा पूर्व अध्यक्ष अजय फुयाल, कोषाध्यक्ष प्रज्वल ओली कार्य समितीका सदस्यहरु गेविन्द रेग्मी, सरिता श्रेष्ठ, अन्जन खडका र कमल खत्री रहेका थिए ।
सम्बन्धित खबर
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन [तस्वीरहरू]
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव
गण्डकी प्रदेश लामाचौर भलिबल कप च्याम्पियन, पुलिस उपविजेता
आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु
लामाचौर भलिबल कपः महिलातर्फको उपाधि पुलिसले जित्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि