पोखरा, १४ मंसिर / पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित र विकास गर्न खेलकुद विश्वविद्यालयको स्थापना गर्ने बताएका छन ।
निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजना गरेको १५ औं संस्करणको स्र्पोट्स मिटलाई उदघाटन गर्दै प्रमुख जिशीले विश्वमा सुन्दर शहरको रुपमा स्थापित पोखरा लेखनाथ महानगरलाई खेलकुद पर्यटनको शहरको रुपमा विकास गरिने समेत बताए ।
पोखरा लेखनाथ महानगर बाट अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने लायक र सक्षम खेलाडी उत्पादन गर्नका लागि खेलकुद मैदानहरुको विकासका लागि समेत महानगरले छिट्टै नै पहल थाल्ने बताए । उनले महानगरबासी हरदम स्वस्थ र मानसिक रुपमा समेत सचेत नागरिकको रुपमा विकास गर्न खेलकुदको माध्यम अपरिहार्य रहेको बताउँदै प्याब्सन कास्कीले आयोजना गरेको स्र्पोट्स मिट जस्ता महत्वपुर्ण कार्यक्रमहरु महानगरको सम्पतीको रुपमा स्थापित गरिने समेत बताए ।
कार्यक्रममा केन्द्रिय प्याब्सनका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, जिल्ला शिक्षा कार्यालय कास्कीका उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल, कास्की प्याब्सनका सल्लहाकार चिनु रानाभाट, कास्की प्याब्सनका वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम र सचिव मथुरा पौडेलले बोलेका थिए । उद्घाटन कार्यक्रम कास्की प्यब्सनका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
उद्घाटन समारोहमा ५० विद्यालयहरु मार्चपासमा सहभागी भएका मध्ये रेन्वो एकेडेमिक होम्स प्रथम, न्यु ऐरा सेकेण्डरी स्कुल द्वितिय र फिसटेल एकेडेमीले तृतिय स्थान हासिल गरेका छन ।
विहिवार सम्पन्न सिनियर फुटबल तर्फ शान्ती निकुञ्ज, स्नोभ्यू वोर्डिङ, सोसियल पव्लिक स्कुल, गलोबल कलेजियट, शान्ति दिप वोर्डिङ स्कुल र हिल पोइन्ट बिजयी भएका छन । फुटबल खेलका संयोजक जगत थापाका अनुशार विहिबार जुनियर तर्फको सेमी फाइनल खेल सम्पन्न हुने छ । जनियर फुटबलको सेमिफाइनलमा स्नोभ्यूले न्यू मिलिनियम संग र ज्योती कुञ्जले रेन्वो एकेडेमी संग प्रतिष्पर्धा गर्ने छन ।
विहिबार सम्पन्न ट्रयाक एण्ड फिल्ड तर्फ १५०० मिटरको फाइनलमा टप्स मावी प्रथम, पास्कल एकेडेमी द्वितिय र वेथानी वोर्डिङले तृतिय स्थान प्राप्त गरे । ८०० मिटरको दौडमा न्यूलाइट प्रथम, विद्यानिकेतन द्वितिय र ग्लोबल स्कुलले तृतिय स्थान प्राप्त गरेको छ ।
शुक्रबार देखि ट्रयाक एण्ड फिल्ड, फुटबल, छात्र–छात्रा भलिवल, छात्र–छात्रा टेबल टेनिस लगाएतका खेलहरु हुने १५ औं प्याबसन मिटका संयोजक षडानन्द गौतमले जानकारी दिए । प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ विद्यालयहरुको सहभागिता रहेको छ ।
प्याब्सन मिटमा करिव ६ हजार विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्प्रर्धा गरिरहेको प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु