पोखरा / पोखरा रंगशाला ईन्टरनेशनल स्ट्यान्डर्डको बन्न लागेको हामीले थाहा पाईसकेका छौं । कस्तो बन्दै होला त ? कौतुहलताको विषय थियो । अब भने यसको डिजाईन तयार भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला यस्तो बन्ने भएको सार्वजनिक गरेका छन् । १० महिनाभित्र १ अर्ब २२ करोड लागतमा यस्तो रंगशाला पोखरेलीमाझ बनिसक्नेछ ।
ग्लोबल टेण्डरमार्फत २२ गतेपछि जिम्मा लगाईने अध्यक्ष पौडेलले जानकारी दिए । ‘अहिले विभिन्न देशका कम्पनीले ईच्छा जाहेर गरेका छन् । चाईनिज कम्पनीको यो डिजाईन उत्कृष्ट छ ।’ पौडेलले भने – ‘डिजाईन यही रहने लगभग निश्चित छ । कम लागतमा निर्माण गर्नेलाई स्वतः टेण्डर पर्दछ ।’
अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने छन् । आसन्न १३ औं साग खेलकुदलाई मध्येनजर गर्दै रंगशालाको स्तरोन्नति सुरु भएको अध्यक्ष पौडेलले बताए । उनले पोखरा रंगशालाको नयाँ प्रारुप अनुसार छिट्टै निर्माण कार्य सुरु हुने बताए ।
सम्बन्धित खबर
क्यानाडामा भएको अभ्यास खेलमा नेपालको जित
पोखरामा तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने
चौँथो ठुलाडिही कप, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
काभा यू-२० च्याम्पियनसिपमा उज्वेकिस्तानसँग नेपालको हार
लायन्स पोखरा ग्रीनसिटीद्वारा विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण अवसर
एन्फाले पहिरोमा ज्यान गुमाएका ६ खेलाडीको परिवारलाई ८ लाख दिने
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०