सागर आलेको पहिलो ‘सालैजो’, एक दिनमै आधा लाख कट्यो, शंकरको गीत राजु गाउँथे, अहिले नाचे

सागर आलेको पहिलो ‘सालैजो’, एक दिनमै आधा लाख कट्यो, शंकरको गीत राजु गाउँथे, अहिले नाचे

Sagar Salaijo

सागर आले मगर, नेपाल आइडल हुन त सकेनन् तर लोक गीत समेत गाउन सक्ने एकमात्र भर्सटायल सिंगर, जसले पहिलो अडिसनमै सालैजो गीत गाएर वाहवाही कमाए ।

अहिले देश विदेशमा उनको माग सालैजो गीतकै लागि समेत हुने गर्छ । उनै सागरले पहिलो सालैजो गाएको गीत र भिडियो सार्वजनिक भएको छ ।

सालैजोका नायक, लोक स्रस्टा तथा गायक शंकर विरही गुरुङले प्रायःजसो आफै गायक भएपनि राजु गुरुङसँग सहकार्य गर्थे । आफै नायक अनुहारका राजु सालैजोका बादशाह नै हुन् । अहिले भाका बनाउने राजु आफू नाचेर सागरलाई गीत गाउन दिएका छन् । शब्द शंकर विरहीको हो । राजु गुरुङको लयमा नेपाल आइडलका सर्बप्रिय गायक सागर आले र निकै राम्रो आवाजकी धनी एलिना गुरुङको आवाजमा असारे मैना बजारमा आएको छ । प्रकाश भट्टको निर्देशन रहेको छ ।

भिडियो सावजनिक भएको एक दिनमै आधा लाख भ्यु कटिसकेको छ ।

स्रस्टा शंकर विरही गुरुङले ले यस्तो लेखेका छन् ।

सालैजोका बादशाह राजु गुरुङसंग सहकार्य गर्दै गर्दा हालसम्म
सालैजो- हिमालमा बस्ने डाँफे र मुनाल,
सालैजो- हेर्दामा राम्रो पोखरा बजार,
सालैजो- देउराली भन्ज्याङ,
सालैजो- बरिखा लाऊँदा,
सालैजो- राम्दी पुल पारी लेखें र
सालैजो- हेर्दामा राम्रो पोखरा बजार र
सालैजो- राम्दी पुल पारी मैले गाएँ l 

सालैजो- राम्दी पुल पारीको सहकार्य पछि हिजो मात्र मेरो शब्द, राजु गुरुङको लयमा नेपाल आइडलका सर्बप्रिय भाइ सागर आले र निकै राम्रो आवाजकी धनी बैनी एलिना गुरुङको आवाजमा फेरी अर्को सालैजो गीत असारे मैना आएको छ, एक रात मै 33000+ भ्युज पाइसकेको यो गीतको सफलताको कामना ब्यक्त गर्दछु l

धन्यवाद राजु गुरुङ सर, सागर आले भाई र एलिना बैनी सहकार्य गर्ने मौका दिनुभएकोमा l गीत राम्रो बनाउन मिहिनेत गर्नुहुने कुमार राना लगायत मारुनी रेकर्डिङ स्टुडियो परिवार र भिडियो राम्रो बनाउन मिहिनेत गर्नुहुने प्रकाश भट्ट लगायत साइ भिजन प्रा. लि. परिवारलाई पनि सम्झिन चाहन्छु l

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds