भारतीय मुरुगानन्दमले बनाए ‘मुर्गा’, यसरी ठगिए पोखरेली (भिडियो रिपोर्ट सहित)

भारतीय मुरुगानन्दमले बनाए ‘मुर्गा’, यसरी ठगिए पोखरेली (भिडियो रिपोर्ट सहित)

Cover

रञ्जन अधिकारी पोखरा, ३ पुस। सामान किन्ने तर पछि मात्रै पैसा दिने हाम्रो उधारो बजारमा सबैलाई आश्चर्यमा पार्र्नेे गरी पसल खुल्यो ‘इच्छाएको सामान ४५ प्रतिशतसम्म छुट। तर, दुई साताअघि नै भुक्तानी गरेर अर्डर गर्नुपर्ने।’

पोखरा ८, गणेशसिंहमार्गमा अक्सिजन ट्रेडर्स नाममा १ महिनाअघि यस्तै अफरका साथ पसल खुलेपछि नै ठगीगन्धको आभाष भइसकेको थियो। बजार गुणस्तरकै सामान, झण्डै आधा सस्तो। कसले घाटा खान व्यापार गर्छ ? १५ दिनअघि नै पैसा बुझाएपछि सिधै ठग्नकै लागि त हो भन्ने पूर्वानुमान धेरैलाई थियो। तर, दुई पटकसम्म उनीहरुले भनेअनुसार नै गरे। विश्वास बढ्दै गयो। प्रहरीबाट थुनामुक्त भएपछि झनै पढेलेखेका, जानेबुझेका नै विश्वासको जालोमा परे। पैसा डुबाए। कुनै विज्ञापन र लगानीबिना हरेकवर्गका उपभोक्ता आकर्षित गर्न उनीहरु सफल रहे।

कात्तिक अन्तिमतिर खुलेको अक्सिजन ट्रेडर्सका चार सञ्चालकले उपभोक्ताको करोड बढी रकम लिएर अन्ततः आइतबार पोखरा छाडे। यसरी ‘नगद होइन, सामान उधारो’ कारोबार गरी एक महिनामै करोड बढी ठगेर उपभोक्तालाई जिल्लाराम बनाई टाप कस्ने व्यवसायी हुन्’ भारत तामिलनाडु राज्यका त्रिचरापल्ली उरहीउरका ५३ वर्षीय मथुरमण के, ३५ वर्षीय मुरुगानन्दम धावर, ५७ वर्षीय राजेन्द्र थाङ्वेल र ४५ वर्षीय टी मथु।

हरेक आइतबार पसल बन्द सूचना टाँस गरेका उनीहरु आइतबार बिहानै ८ बजे पोखरा छाडेको स्थानीयको भनाइ छ। चारै जना मालेपाटनमा फ्ल्याट भाडामा लिएर बस्दैआएका थिए। एका बिहानै सामान लिएर गएपछि स्थानीयले भागेको आशंका गरेका थिए।

सिर्जनाचोक नजिकै बन्दै गरेको घरको तल्लो फ्ल्याटमा सटर भाडामा लिई व्यवसाय सञ्चालनमा ल्याएका उनीहरुले दुई हजार बढी ग्राहकबाट एक करोड बढी रकम ठगी गरेको आशंका छ। कति जनाको कति रकम ठगे भन्ने खुलिसकेको छैन। उनीहरुले बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्री गर्दथे।

शुरुमा सामान पाउने दोहोड्डयाएर सामान मगाउन लागे। पसल अगाडि भेटिएकी सीता आचार्यले तीन वटा मोबाइल र मिक्स्चर किनिसकेकी थिइन्। यसपटक एलईडी टिभी र रेफ्रिजेरेटर लगायत आवश्यक सबै सामाग्रीका लागि सवा लाख बुझाएकी थिइन्। यसपटक भने नराम्ररी ठगिइन्। ‘असाध्यै सस्तो मूल्यमा पाइयो, अब यो मोबाइल, मिस्क्चर आधामा पाको कामै भएन, यत्रो लाख बढी लगिहाल्यो’ आचार्यले भनिन्।

छरछिमेक हुँदै एक कान, दुई कान मैदान भनेझैं सो पसलको ‘माउथ पब्लिसिटीí भएको थियो। रुकु क्षत्रीलाई घरभेटीले भनेपछि आफूसँग भएको पैसा जोरजाम गरी १८ हजार बढीको सामान अर्डर गरिन्। यसरी ठगिएपछि भनिन्’ – ‘कसलाई के भन्नु ? रुन पनि सकेको छैन। हाँसो पो लागेको छ त। यसरी नि ठगिन्छ त?’ यसरी गृहिणीमात्र होइन जानेबुझेका, पढेलेखेका समेत विश्वासमा परी ठगिए। आधा दर्जन बढी पत्रकार, सरकारी कार्यालयका हाकिमदेखि बैंकका अधिकृतमात्र होइन, प्रहरीका अधिकारी समेत ठगिएको रहस्य खुल्यो।

यसरी ठगिनुको कारण व्यवसाय सञ्चालन प्रक्रिया पूरा गरेर खुलेको, प्रहरीले नियन्त्रणमा लिएर पनि छुटेको भएकाले नै हो। मंसिर २४ गते उनीहरु थुनामुक्त भएसँगै त्यसपछिका ६ दिनमा मात्रै झण्डै १ हजार ८ सय ग्राहक ठगिएका हुन्। सोमबारदेखि अर्डरबमोजिम सामान वितरण हुने भएकाले सामान लिन आउँदा सटर बन्द देखेपछि ग्राहकको होसहवास उड्यो।

सञ्चालकहरु चार दिनसम्म थुनामा परेकाले एक हप्ता मिति सारेर सामान लिन आउन सूचना नै टाँस गरेको ब्यानर झुण्ड्याइएको थियो। अब टिभी फ्रिज बुक नहुने र अन्तिम बुकि™ पुस ७ गते लेखिएको पेपर सटरमै टाँसिएको छ। ठगीमा परेका पोखरेलीको सोमबार बिहानैदेखि भीड लाग्यो। पान नम्बरसहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन।

पाँच सयदेखि पौने दुई लाखसम्म ठगिने ग्राहक सोमबार दिनभर उक्त बन्द पसल अगाडि नै थिए। मालेपाटनमा घर बनाइरहेका धितालका लक्ष्मण गौतम सार्वजनिक भएकामध्ये सबैभन्दा बढी ठगिएका व्यक्ति हुन्। उनले घरको फर्निचरका लागि भन्दै एक लाख ७५ हजार बुझाएका थिए। उनी दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेटिए। अहिले व्यवसायी फरार भएपछि धेरैको मुखबाट ‘फलानोले भनेको थियो, ठगिन्छ भनेर किनिनँ’, ‘उसले जाऔं भनेको थियो, जाने योजनामा थियौं। झण्डै ठगिएको हामी ?’ यस्तै वाक्य सुन्न पाइन्छ।

कर्मचारीसमेत ठगिए

चार भारतीयले खोलेको अक्सिजन टझेडर्समामा काम गर्ने सबै कर्मचारी भने स्थानीय छन् । आइतबारको बिदा बसेपछि सोमबार बि काम गर्न पुगेका उनीहरु पसलको सटर बन्द र बाहिर ठूलो भिड देखेपछि अचम्मित भए, केहीछिनमै प्रहरीको नियन्त्रणमा पुगे। कर्मचारी पृथ्वी भण्डारीका अनुसार बिहान ९ देखि बेलुका ६ बजेसम्मको काममा मासिक ६ हजार दिने गरी १२ जना राखिएको थियो। दुई जना युवकलाई मार्केटि™का लागि खटाइएको थियो। अरु सबै सामान व्यवस्थापन गर्ने, बिल काट्ने गर्दथे। जम्मा यति तलब ? भन्ने प्रश्नमा भण्डारीले भने ‘काम केही थिएन, बस्ने त हो। ठिकै थियो।’

था
अन्ततः उनीहरु समेत नराम्ररी ठगिए। म्याग्दीका भण्डारी आफै १९ सयको सामान अर्डर गरेका थिए। गोरखाकी प्रतीक्षा घले, स्या™्जाकी शोभा पौडेल, मालेपाटनकी यमुना नेपाली र म्याग्दीकी लक्ष्मी चोखाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलले आफ्नो तलबमा ११ हजार थपेर व्यक्तिगत १७ हजार र छरछिमेकका धेरै जनाका लागि सामान अर्डर गरेकी थिइन्। महिना नपुगेकाले चोखालले त तलब पनि पाएकी थिइनन्, उल्टो १२ सयसमेत डुबाइन्। उनीहरुलाई स्थानीय केही व्यक्तिले साहुहरु भाग्लान्, कारबाहीमा परिएला भनी सचेत गराएका थिए।

उनीहरुको एकै स्वर छ – ‘यस्तो हुन्छ भन्ने थाहै थिएन। नगरपालिका, कर कार्यालय सबै ठाउँबाट ल्याएको कागज भित्तामा थियो। पुलिसले समातेर छाडेपछि त झनै विश्वास लाग्यो। अनि दिनमै तीन सय बढीले अर्डर गर्न थाले। १ लाख ७५ हजारसम्मको बिल एकै जनाको काटेको थाहा छ। एक करोड बढी चाहिँ ठगेको जस्तो लाग्दैन।’ सटरको तालाचाबी उनीहरुसँग नै हुने कर्मचारीले बताए।

छोटो समयमै भागे, करोड नाघेको छैन: प्रहरी

ग्राहकले एकै व्यक्तिको सात लाखसम्म ठगिएको र १० करोड बढी ठगेको भने पनि यति धेरै ठग्ने समय नभएकाले एक करोड पनि नभएको बताउँछन्ñजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह।

प्रहरीले किन छाडेको, थुनामुक्त भएपछि झन् बढी ठगिएछन् भन्ने जिज्ञासामा सिंहले भने – ‘यो व्यवसायमा नै शंका गर्ने ठाउँ थियो। आधा सस्तोमा उही क्वालिटीको सामान बेच्छ कसैले ? १५ दिनअघि नै पैसा लिएपछि ठगिन्छु भन्ने सबलाई थाहा हुनुपर्ने हो। हामीले शंका लागेरै नियन्त्रणमा लियौं। चार दिन थुनामा राख्दा ग्राहक पाँच दर्जन आएर छुटाउन दबाब दिए। हामीले सम्पर्क नम्बरसहित सहीछाप गरेरै छाडेका छौं।’

सिंहको यो भनाइलाई पीडित पनि नकार्न सक्दैनन्।उनीहरुले आफूहरुले रकम दिइसकेको भएर सामान दिलाइदिन्छु भनेकाले छुटेपछि पाइने आशामा थुनामुक्त गराएको सुनाए। चारै जनालाई मंसिर २० गते नियन्त्रणमा लिएर २४ गते थुनामुक्त गरिएको थियो।

पसलअघि जम्मा भएका पीडित जिल्ला प्रशासन गएर ध्यानाकर्षण गराउने बताउँदै थिए भने केही जिल्ला प्रहरी कार्यालय पुगे। प्रहरी उपरीक्षक सिंहले सबै नाकामा कडाइ गर्न भनिसकेको जानकारी दिए। यद्यपि, आइतबार बिहानै ८ बजे पोखरा छाडेको र दिउँसो २ बजेपछि मोबाइल नै बन्द भइसकेकाले उनीहरु भारत पसिसकेको अनुमान गरिएको छ।

व्यावसायिक कागजात पूरा

व्यवसाय चार जनाले सञ्चालन गरे पनि मुख्य सञ्चालक मथुरमण के हुन्। उनले डेढ महिनाअघि मात्रै नोभेम्बर ७ मा भारतीय दुतावासबाट ३ वर्षका लागि नेपालमा रहने अनु जानकारी गराएको पत्र भेटिएको छ। कात्तिक २२ मा आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर लिएका छन्।

‘इलेक्टझोनिक्स सामानको कारोबार र फर्निसि™ सामानको कारोबार’ गर्न पाउने गरी ६०७१२८३७२ पान नम्बर लिएका छन्। पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट ठीक १ महिनाअघि मंसिर ४ मा पेशा व्यवसाय गर्न पाउने इजाजत प्रमाणपत्र लिएका छन्।

आदर्श समाजमा प्रकाशित, बिग एफएममा रेडियो रिपोर्ट सुन्न सक्नुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds