पुष ११ / युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
पोखरा रंगशालामा आजदेखि शुरु भएको २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिए ।
सो अवसरमा मन्त्री केसीले नेपाल भलिबल संघका सल्लाहकार तथा मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रेमप्रसाद तुलाचन र भलिबल खेलाडी नवीनकुमार गुरुङलाई सम्मान गरे ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् ।

आज बिहान भएको खेलमा पुरुषतर्फ नेपाल आर्मीले पूर्वाञ्चललाई २५-२०, २५-१९, २५-२४ र दोस्रो खेलमा सशस्त्र प्रहरीले सुदूरपश्चिमाञ्चललाई २५-१२, २५-१७ र २५-१४ ले पराजित गरेका थिए ।
यस्तै महिलातर्फ सशस्त्र प्रहरीले पूर्वाञ्चललाई २५-२, २५-४, २५-७ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५÷७, २५÷११ र २५÷१७ ले पराजित गरेका थिए । प्रतियोगिता यही पुस १५ गतेसम्म चल्नेछ ।
RSS
सम्बन्धित खबर
आठौं बिरुवा अध्यक्ष कप आजबाट सुरु
वेगनासताल किनारमा फागुन १६ देखि तेश्रो ‘वेगनास कप’ हुने, टिम दर्ता खुल्ला
आहा! रारा पोखरा गोल्डकप: थ्री स्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा
आहा! रारा पोखरा गोल्डकप: सिक्किमको थन्डर बोल्टस् युनाइटेडलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति