गण्डक न्युज पोखरा, १३ पुस / पोखरामा राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा यही पुष १९ गते देखि २२ गतेसम्म पोखरामा प्रतियोगिता हुने भएको हो ।
पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा नवौं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । प्रतियोगितामा दुई विभागिय टीमहरु एपीएफ र सेनाका साथै पाँच विकास क्षेत्रका गरी महिला तथा पुरुष तर्फ ७/७ टिमको सहभागिता हुनेछन् । विजेता महिला तथा पुरुषको टिमलाई ३०/३० हजार, उपविजेतालाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने संघले जनाएको छ ।
संघ कास्कीका अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष समेत रहेका संघका केन्द्रिय सचिव केशव पाठकले प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले पछिल्लो समयमा पोखरा रंगशालामा विभिन्न खेलकुदको भौतिक पुर्वाधार निमार्ण जारीे रहेको बताए ।
यसैबिच अर्मला विकास मञ्च र खेपना प्रतिष्ठान अर्मलाकोटले संयुक्त रुपमा एक लाख रुपैया प्रदान गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङ, कोषाध्यक्ष भुपाल स्ािंह गुरुङ, प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङले उक्त रकम बराबरको चेक संघका केन्द्रिय अध्यक्ष एवं जिल्ला अध्यक्षलाई हस्तान्तरण गरेका हुन ।
हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजन रहेको छ । खेलको माध्यमबाट महिला सशक्तिकरणका लागि सहयोग गरेको सञ्चालक वरिष्ठ सौन्दयकर्मी मीना गुरुङले बताईन् । रोटरी क्लव अफ पोखरा फिस्टेल पोखराको सहप्रायोजनमा पोखरा लेखनाथ महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल पर्यटन वोर्डको बिषेश सहयोग समेत रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वल्र्ड भिजन मोवाईल प्रदान गरिने भएको छ । २२ लाखमा उक्त प्रतियोगिता सम्पन्न गरिने भएको संघले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी