पोखरा, २८ पुस / पोखरा क्रिकेट क्लबले अन्तर क्लब पीसीसी क्रिकेट कप २०७४ आयोजना गर्ने भएको छ । २३ वर्ष अगाडि स्थापित पुरानो उक्त क्लबले आगामी माघ अन्तिम साता स्थानीय स्तरको अन्तर क्लब प्रतियोगिता आयोजना गर्ने अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिएका छन् ।
पोखराको क्रिकेट विकासमा निरन्तर योगदान दिँदै आएको उक्त क्लब पछिल्लो समय सक्रिय नबनिरहेको गुनासो बढिरहँदा युवा टोलीको नेतृत्वले पुनः आफ्नो शाख जोगाउने ढंगले गतिविधि अघि बढाउने श्रेष्ठले जनाए ।
माघ २३ गतेदेखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगितामा कास्कीका बढीमा आठ टीम सहभागी गराउने प्रतियोगिता संयोजक समेत रहेका क्लबका उपाध्यक्ष उत्सव शाक्यले जानकारी दिए । प्रतियोगितामा विजेता र उपविजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनुका साथै म्यान अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटनका साथै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिईने शाक्यले बताए । उनका अनुसार प्रतियोगिताको तयारी तिब्रताका साथ अघि बढिरहेको छ ।
क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरेको छ । पोखरा क्रिकेट क्लब २०५१ मा स्थापित पुरानो क्लब हो । २०६० मा धरानमा सम्पन्न दर्शन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । त्यसपछि भने क्लब सक्रिय बन्न सकेन । अब युवाहरु जागरुकताका साथ लागिपरेकाले सहयोगको अपेक्षा समेत उनीहरुले गरेका छन् ।
सम्बन्धित खबर
क्यानाडामा भएको अभ्यास खेलमा नेपालको जित
पोखरामा तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने
चौँथो ठुलाडिही कप, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
काभा यू-२० च्याम्पियनसिपमा उज्वेकिस्तानसँग नेपालको हार
लायन्स पोखरा ग्रीनसिटीद्वारा विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण अवसर
एन्फाले पहिरोमा ज्यान गुमाएका ६ खेलाडीको परिवारलाई ८ लाख दिने
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते