गण्डक न्युज पोखरा, २ माघ । कास्की जिल्ला फुटबल संघ (एन्फा) को सातौ अधिवेशनबाट मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई १३—५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनसँगै मिलन चार वर्ष कास्की जिल्लाको फुटबल संघलाई हाक्ने छन् । मिलन काँग्रेस निकटका हुन् भने शिव एमाले निकट मानिन्छन् ।
संस्थाको उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ(महिला), शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर छन् । सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ । नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ ।
अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका िथए ।संगम फुटबल क्लब, सहारा क्लब,ईन्द्रेणी क्लब, एलजी एशोसियसन, भ्याली स्पोर्टस क्लब, ड्यामसाईड क्लब, नवआर्दश क्लब, डेभिडफल्स, आदर्श क्लब, भदौरे, एपेक्स क्लब, गार्डेन फुटबल क्लब, शितलज्योति, नयाँगाउँ, नागढुंगा, हेमजा युनाईटेड, विष्णुपादुका, सत्ययुवा क्लब बाझापाटनले मताधिकार पाएका थिए ।
अमरसिंह ब्वाईज क्लब, रामघाट युथ क्लब, पोखरा फुटबल क्लब, फुलबारी क्लब, लेकसाईड क्लब मताधिकार थिएन । ती क्लबले पछिल्लो दुईवर्ष कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगितामा सहभागिता जनाएन् । एन्फाको नियमानुसार पछिल्लो दुई लिग नखेल्ने क्लबलाई अधिवेशनमा समावेश र मताधिकार नदिने निर्णयसहितको निर्देशन गरेको थियो ।
संघको अधिवेशनको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष खगराज पौडेलले उदघाटन गरेका थिए । अधिवेशनमा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई तथा पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङको उपस्थितिमा निर्वाचन गरिएको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो