गण्डक न्युज पोखरा, ६ माघ / पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘सातौं स्व.रन्जित गुरुङ स्मृती बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी आयोजक टिमले नै चुमेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बगर भाइक ए टिमले डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधी चुमेको हो । उपाधी संगै आयोजक टिमले नगद १ लाख प्राप्त गरेको छ भने सिएमजीले नगद ५० हजार प्राप्त ग¥यो ।
सम्पन्न फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगतै गोल गर्दै टिमलाई उपाधी नजिक पु¥याएका थिए । यता पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने धेरै प्रयासहरु बगर भाइ खलकका किपर लक्षुमण गुरुङले बिफल पारे । खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच घोषित भए । यस अघि शनिबारनै सम्पन्न सेमी फाइनलका खेल बाट सिएमजी र बगर भाइ खलक फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा भए भने वेष्ट गोल किपरको उपाधी सोही क्लबका लक्षुमण गुरुङले पाए । प्रतियोगितामा सिएमजी बाल गोपाल महर्जन वेष्ट मिड फिल्डर र वेष्ट डिफेन्डर सोही टिमका राजन नेपाली भए । प्रतियोगितामा वेष्ट स्ट्राइकरको उपाधी बगर भाइखलकका धन गुरुङ (सन्तोष) ले प्राप्त गरे भने उनले नै सर्वाधिक गोलकर्ताको उपाधी समेत पाए । उनले प्रतियोगितामा चार गोल गरेका थिए । प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पायो । उनीहरुले नगद ५ हजार सहित आकर्षक अवार्ड समेत प्राप्त गरे ।
बिजयी टिम तथा खेलाडीलाई कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ, सहारा युके सिइओ धनु थकाली, बगर भाइ खलक युकेका प्रतिनिधी शेरा गुरुङ, समाजसेवी राजमान थकाली, प्रथम पुरुस्कार प्रायोजक इन्द्र गुरुङ, दोश्रो पुरुस्कार प्रायोजक अमित जोन गुरुङ लगाएतले रनिङ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तिन वर्ष देखि सहभागीता जनाएकको भन्दै सम्मान गरिएको थियो । समापन कार्यक्रममा हालै एन्फा कास्कीमा निर्वाचित बगर भाइ खलक सदस्य एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष इस्वर गुरुङ (चन्द्र), सदस्य हिटलर घले र राधा गुरुङलाई सम्मान गरिएको थियो ।
४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक गराउने रहेको थियो । माघ २ गते प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितालाई स्व रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेको थियो भने सह प्रायोजन बगर भाइखलक युकेले गरेको थियो । प्रतियोगितालाई बगर भाइखलक हङ्गकङ्ग, जापान, सिङ्गापुर लगाएतका मुलुक बाट समेत सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा