गण्डक न्युज पोखरा, ७ माघ। मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा ३ वटा विभागीय टिम, ३ वटा ए डिभिजन क्लब, ३ वटा मोफसलका, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, झापा ११, धरान फुटबल क्लब, धनगढीको सुदूरपश्चिम ११ सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशको उत्तर बरिन्धरा क्लब युनाइटेड सिक्किम, र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
यसवर्ष विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमिफाइनलसम्म पुगेको टिम हो भने उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब हो । उत्तर बरिन्धरा क्लबमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी खेलाडी पनि रहेकाले प्रतिस्पर्धा रोचक हुने सहारा क्लबका अध्यक्ष थापाले बताए ।
प्रतियोगितामा पुरस्कार राशीलाई वृद्धि पनि गरिएको छ । पहिलो हुनेले ७ लाख १ हजार र दोस्रो हुनेले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रथम पुरस्कारमा २ लाख र द्धितीय पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर र उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।
क्लवले यसवर्ष देखि राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट १ जनालाई सम्मान गर्ने निर्णय समेत गरेको छ । वर्षभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी १ जनालाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७४ बाट सम्मान गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा एक खेल जितेमा टिमलाई २० हजार र पराजित भएमा १० हजार, क्वार्टफाइनलमा बिजेतालाई ३० हजार, पराजितलाई २० हजार, सेमिफाइनलमा सहभागी टिमलाई ५०, ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने क्लबले जनाएको छ । टिकट काटेर प्रतियोगिता हेर्न आउने दर्शकमध्येबाट दुई जनालाई गोलाप्रथाबाट स्कुटर र एलजी टिभी प्रदान गरिने अध्यक्ष थापाले बताए ।
१६ वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष सूर्यबहादुर केसीले खेलकुदको विकासका लागि प्रायोजनलाई निरन्तरता दिएको बताए । उनले पोखरामा बन्न लागेको रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको बनाउनुपर्ने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगिताका लागि समितिले ५ लाख दिने घोषणा गरे । उनले आगामी वर्षहरुमा सहयोग दोब्बर बनाउने प्रतिबद्धता पनि जनाए ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु