पोखरा । १६ औं आहा ! रारा गोल्ड कपका लागि आयोजक सहारा क्लबले सक्दो तयारी गरेको छ ।
क्लबले जनाएअनुसार आफ्नो टिममा १७ जना खेलाडीको टुङ्गो लगाएको हो।यो पटक सहाराको टिममा राष्ट्रिय खेलाडी मानबहादुर तामाङ, राष्ट्रिय टिमका गोलरक्षक विशाल श्रेष्ठसहित अण्डर ट्वान्टी थ्रीका राष्ट्रिय खेलाडी लक्ष्मण जिशी समेत रहेका छन।
यसैगरि, अण्डर सिक्स्टीनका राष्ट्रिय खेलाडी रन्दिप पौडेल टिममा समावेश छन् । सहारा क्लबका पूर्व अध्यक्ष तथा टिम तयारी संयोजक बिक्रम थकालीले यो टिम सन्तुलित भएको बताए। ‘हामीले धेरै युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौ,f टिमलाई फाइनलमा पु¥याउनु र २०७० को १२ औं आहा ! रारा गोल्ड कपको इतिहास दोह¥याउदैं गोल्ड कप उचाल्नु पनि हो।’ संयोजक थकालीले भने, ‘सहाराको यो टिम लामो प्रशिक्षण र अभ्यासबाट निखारिएको युवा जोशसहितको टिम हो। यो टिमले मैदानमा दर्शक लोभ्याउने खेल पदर्शन गर्नेछ।’
सहाराको १७ सदस्यीय टिममा सरोज योन्जन, शुसन गुरुङ, बिनोद गुरुङ, बिशन गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचर्ड पुन, बिजय श्रेष्ठ, राजकुमार श्रेष्ठ, आकाश रानाभाट छन्। टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भने बिगतदेखि किरण श्रेष्ठले सम्हाल्दै आएका छन्। सहायक प्रशिक्षकमा प्रल्हाद हिराचन र टिम व्यवस्थापकमा सुनिल रानामगर छन्।
२०७० को आहा ! रारा गोल्ड कपमा आयोजक सहाराले नेपालको बलियो टिम मनाङ मस्र्याङदीलाई १–० ले हराउँदै गोल्ड कप उचालेको थियो। त्यस्तै, १५ औ आहा ! रारा गोल्ड कपमा फाइनल हार्दै मनाङलाई उपाधी सुम्पेको थियो । आहा ! रारा गोल्ड कपको इतिहासमा आयोजक सहाराले धेरै पटक सेमीफाइनल खेलेको छ भने घरेलु दर्शकको राम्रो साथ पाउँदै आएको छ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय