स्पोर्ट्स मेडिसिन सम्बन्धमा अभिमुखीकरण

स्पोर्ट्स मेडिसिन सम्बन्धमा अभिमुखीकरण

20180122_130056

गण्डक न्युज पोखरा, ८ माघ / खेल खेल्दा लाग्ने चोटपटकबाट बच्ने उपाय, तिनको उपचार र खेलमा पुनारागमनका लागि आवश्यक उपचार पद्दतिबारे यहाँका खेल सरोकारवालालाई जानकारी गराईएको छ ।

नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले सोमबार यहाँका खेलाडी, प्रशिक्षक तथा खेलकूद संघसंस्थाका पदाधिकारीलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । खेलाडी घाइते हुदाँ प्राथमिक उपचार, घाइते खेलाडीको सफल उपचार र खेलमा फर्कन सक्ने बनाउन सहयोग पुग्ने हेतु कार्यक्रम गरिएको जनाईएको छ ।

सहजकर्ता डा. खड्काले खेलका दौरान घाईते हुने तर त्यसलाई कसरी राम्रो तरिकाले उपचार गराउने र प्राथमिक उपचार गर्ने भन्ने बारे जानकारी गराए । फार्मानिष्ट विजय काफ्लेले पनि सहजिकरण गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक विद्या मर्सानीले खेलका दौरान खेलाडीले अनेक समस्याहरु भोग्ने गरेको बताउदै त्यसबारे जानकारी दिन कार्यक्रम फलदायी रहने बताए ।

खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनका लेखक समेत रहेका डा. खड्काले पुस्तकमा खेलका क्रममा बढी आवश्यक पर्ने कुराहरु प्राथमिक उपचार , स्पोर्ट्स इन्जुरी, डाइट तथा न्युट्रीसियन, अभ्यास, ड्रग्स तथा डोपिङ र फिजियोथेरापी सम्बन्धि चर्चा गरिएको जनाए । राम्रोसँग ट्रिटमेन्ट र रिह्याव नभएकै कारण नेपालका राष्ट्रिय महिला भलिबल खेलाडी सिपोरा गुरुङ र राष्ट्रिय टोलीबाट खेलिसकेका क्रिकेटर पृथु बास्कोटाको खेल जीवन सकिएको उनले बताए।

उक्त पुस्तक विभिन्न क्षेत्रमा कार्यरत चिकिस्तकहरुले संग्युक्त रुपमा लेखेका हुन् । पुस्तक डा खड्का, डा. चैतन्य अधिकारी, विजय काफ्ले, रबी राज बसौला, सरोज पाण्डे र सुस्मा क्षेत्रीका लेखहरु संग्रहित छन। नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तक सहभागीलाई वितरण समेत गरिएको थियो ।

जिल्ला प्रशिक्षण इञ्चार्ज कृष्ण तिमिल्सिनाले अब खेलकुद र स्पोर्ट्स मेडिसिन जस्तो विधालाई पनि विश्वविद्यालय कलेज स्तरमा राख्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds