गण्डक न्युज पोखरा, ८ माघ / खेल खेल्दा लाग्ने चोटपटकबाट बच्ने उपाय, तिनको उपचार र खेलमा पुनारागमनका लागि आवश्यक उपचार पद्दतिबारे यहाँका खेल सरोकारवालालाई जानकारी गराईएको छ ।
नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले सोमबार यहाँका खेलाडी, प्रशिक्षक तथा खेलकूद संघसंस्थाका पदाधिकारीलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । खेलाडी घाइते हुदाँ प्राथमिक उपचार, घाइते खेलाडीको सफल उपचार र खेलमा फर्कन सक्ने बनाउन सहयोग पुग्ने हेतु कार्यक्रम गरिएको जनाईएको छ ।
सहजकर्ता डा. खड्काले खेलका दौरान घाईते हुने तर त्यसलाई कसरी राम्रो तरिकाले उपचार गराउने र प्राथमिक उपचार गर्ने भन्ने बारे जानकारी गराए । फार्मानिष्ट विजय काफ्लेले पनि सहजिकरण गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक विद्या मर्सानीले खेलका दौरान खेलाडीले अनेक समस्याहरु भोग्ने गरेको बताउदै त्यसबारे जानकारी दिन कार्यक्रम फलदायी रहने बताए ।
खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनका लेखक समेत रहेका डा. खड्काले पुस्तकमा खेलका क्रममा बढी आवश्यक पर्ने कुराहरु प्राथमिक उपचार , स्पोर्ट्स इन्जुरी, डाइट तथा न्युट्रीसियन, अभ्यास, ड्रग्स तथा डोपिङ र फिजियोथेरापी सम्बन्धि चर्चा गरिएको जनाए । राम्रोसँग ट्रिटमेन्ट र रिह्याव नभएकै कारण नेपालका राष्ट्रिय महिला भलिबल खेलाडी सिपोरा गुरुङ र राष्ट्रिय टोलीबाट खेलिसकेका क्रिकेटर पृथु बास्कोटाको खेल जीवन सकिएको उनले बताए।
उक्त पुस्तक विभिन्न क्षेत्रमा कार्यरत चिकिस्तकहरुले संग्युक्त रुपमा लेखेका हुन् । पुस्तक डा खड्का, डा. चैतन्य अधिकारी, विजय काफ्ले, रबी राज बसौला, सरोज पाण्डे र सुस्मा क्षेत्रीका लेखहरु संग्रहित छन। नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तक सहभागीलाई वितरण समेत गरिएको थियो ।
जिल्ला प्रशिक्षण इञ्चार्ज कृष्ण तिमिल्सिनाले अब खेलकुद र स्पोर्ट्स मेडिसिन जस्तो विधालाई पनि विश्वविद्यालय कलेज स्तरमा राख्नु पर्नेमा जोड दिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला