गण्डक न्युज पोखरा, ९ माघ। मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण मंगलबारदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उदघाटन कार्यक्रम दिउँसो १ः३० बजेदेखि हुने र कार्यक्रम समापन भएलगत्तै खेल शुरु हुने उनले बताए ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगढी भिड्दैछन् । आयोजक सहारा क्लवले सोमबार साँझ खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम प्रतिष्पर्धामा उत्रिने जनाएको हो ।
आयोजक सहारा क्लवले आफ्नो बलियो टिम भएको दाबी गरेको छ । सहाराले राष्ट्रिय टिमका खेलाडी मानबहादुर तामाङसहित लक्ष्मण जिसी, आशिष गुरुङ, सरोज योञ्जन, रणदीप पौडेल, सुसन गुरुङ, विनोद गुरुङ, विषण गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचार्ड पुन, विजयकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विशाल श्रेष्ठ र आकाश रानाभाटले खेल्ने सहारा क्लबले जनाएको छ । क्लबका अनुसार कोचमा किरण श्रेष्ठ, सहायक कोचमा प्रह्लाद हिराचन र म्यानेजरमा सुनील राना मगर छन् ।
संकटा भने ए डिभिजन क्लवमा जुर्मुराउँदै गरेको टिम हो । यसअघि कमजोर बन्दै गएको संकटा पछिल्लो क्रममा भने सुधारिएको छ ।
यसैबीच, क्लबले वर्क परमिट लिएका विदेशी खेलाडीलाई मात्रै प्रतियोगितामा खेल्न दिइने भएको छ । आयोजक सहारा क्लवले क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराएका विदेशी खेलाडीलाई वर्क परमिट नभएकै कारण नखेलाउने निर्णय गर्दै फिर्ता गरेको छ । संकटामा पनि विदेशी खेलाडी रहेको र उनीहरुको वर्क परमिट नभए खेल्न नपाउने बताइएको छ ।
खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ कलवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी वलको एपिएफ क्लब, ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रिस्टार, संकटा क्लब, मोफसलका रमपम झापा ११ फुटवल क्लब, धरान फुटवल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी, विदेशी टिम उत्तर बरिन्धरा क्लब बंगलादेश, युनाइटेड सिक्किम फुटवल क्लब भारत र आयोजक सहारा क्लवले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमीफाइनलसम्म पुगेको टिम हो भने बंगलादेशको उत्तर बरिन्धरा क्लव बंगलादेशको ए डिभिजन क्लब भएको आयोजकको भनाइ छ । उत्तर बरिन्धरा क्लवमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी पनि खेलाडी भएकाले राम्रो र उत्कृष्ट भएकाले खेल प्रदर्शन पनि उच्चस्तरको हुने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।
प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि गरिएको छ । आयोजक सहारा क्लव पोखराले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्याएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो