रञ्जन अधिकारी पोखरा, ९ माघ / आयोजक सहारा क्लबको १६ औं आहा रारा गोल्डकपको यात्रामा पहिलो खेलबाटै विराम लागेको छ । पाहुना टोली सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबले गत वर्ष व्यहोरेको हारको बदला लिँदा घरेलु टोली उद्घाटन खेलबाटै बाहिरिएको हो ।
पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबसँग ३—० गोलान्तरले पराजित भयो । एकतर्फी तर्फी तीन गोल गर्ने क्रममा सुदुरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालको योगदान रह्यो । १५ औं संस्करणको उद्घाटन खेलमै सुदुरपश्चिमलाई ४—० गोलले हराउँदै विजयी यात्रा सुरु गरेको सहारा उपविजेता बनेको थियो ।

सहाराको टीम
निकै प्रतिष्पर्धात्मक खेलमा २५ औं मिनेटमा सुदुपश्चिमले अग्रता लिन सफल भएको थियो । २५ औं मिनेटमा जर्सी नं. ९ का धनबहादुर थापाले गोल गरे । पहिलो हाफमा एक गोलले अग्रता लिएको सुदुरपश्चिमका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका मनिराम चौधरीले ७८ औं मिनेटमा अग्रता दोब्बर पारे । दोस्रो हाफमा थपिएको तीन मिनेटको ईन्जुरी समयको अन्तिम मिनेटमा राकेश हमालले गोल गरेपछि ३—० गोलको नतिजाका साथ सुदुरपश्चिम क्वार्टरफाईनल पुगेको हो ।
विजेता टीमका प्रशिक्षक सुरेश हमालले खेलाडीहरुले थकानका वावजुद पनि राम्रो खेलेको बताए । दाङमा भएको प्रतियोगितामा सहभागिता जनाएर सोमबार दिउँसो मात्रै पोखरा टेकेको टोली, दुई खेलाडी घाईते भएको बाबजुत पनि पाएको अवसर सदुपयोग गर्दा विजयी बनेको उनले बताए । सेट टीम नै रहेको भन्दै उनले दुई खेलाडी थपिएपछि आगामी खेल राम्रो हुने समेत जानकारी दिए ।
सहाराका प्रशिक्षक किरण श्रेष्ठले यसपटक सबै लोकल खेलाडी भएका कारण पनि पहिलो खेलमै हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । खेलाडीहरु उत्कृष्ट नहुँदा प्रतिष्पर्धा गर्न नसेको उनको भनाई छ ।

सुदूरपश्चिम स्पोर्टिङ क्लबको यो दोस्रो सहभागिता हो । १३ औं संस्करणमा सुदुरपश्चिमको टीम सेमिफाईनलमा पुगेपनि त्यो सुदुरपश्चिम फुटबल क्लब, कैलाली टीम थियो । क्याराभान सहितका १६ संस्करणमा तीन पटकमात्र सहारा उद्घाटन खेलमा पराजित बनेको छ । १३ औं संस्करणमा नवजनजागृतिसँग उद्घाटन खेलमा टाईब्रेकरमा पराजित भएको थियो । चौथोमा सहारा रातो एन्फा यू १७ संग टाईब्रेकरमै हारेको थियो । १२ औं संस्करणको विजेता सहारा ११ र १५ औं संस्करणमा फाईनल पुगेपनि अहिलेसम्म उपाधि विमुख छ ।
विजेता सुदुरपश्चिमसँग क्वार्टरफाईनलमा भिड्ने टीमको टुंगो मंगलबार बेलुकीसम्म लागिसकेको छैन । आयोजकले प्रिक्वार्टरका चार खेलको मात्र टाईसिट सार्वजनिक गरेको छ । बुुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टीमम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।
यसअघि, प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरे । उनले अनवरत १६ वर्षसम्म फुटबल खेलको महोत्सव आयोजना गरेर देश विदेशमा पोखरालाई चिनाउँदै फुटबल खेलको विकासमा योगदान पु¥याएकोमा क्लबप्रति आभार व्यक्त गरे । क्लबका अध्यक्ष केशबबहादुर थापाले यो महोत्सवलाई माया गरिदिन सबै कस्केलीलाई आग्रह गरे ।

आजको खेल
धरान फुटबल क्लब Vs युनाइटेड सिक्किम फुटबल क्लब, भारत
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा