धरानसँग पाहुना टोली सिक्किम स्तब्ध (भिडियो सहित), विहीबारको खेल एपिएफ Vs संकटा

धरानसँग पाहुना टोली सिक्किम स्तब्ध (भिडियो सहित), विहीबारको खेल एपिएफ Vs संकटा

Dharan FC

रञ्जन अधिकारी पोखरा, १० माघ / पाहुना टोली भारतको युनाईटेड सिक्किम फुटबल क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।

बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि–क्वार्टर खेलमा धरान फुटबल क्लबले सिक्किम एफसीलाई ३–० गोलान्तरले पराजित गरेको हो । पछिल्लो संस्करणमा सुखद् सुरुवात गरेको धरान यो जीतसँगै क्वार्टरफाईनलमा प्रवेश गरेको छ । गत वर्ष धरानले दोस्रो दिनकै खेलमा विभागीय टोली सशस्त्रको एपीएफलाई १–० गोलले पराजित गर्दै अन्तिम आठ प्रवेश गरेको थियो । धरानको यो ११ औं पटकको सहभागितामा हो ।

धरानको जितमा रोमन लिम्बु, सजन राई र धिरेन लिम्बुले एक/एक गोलको योगदान दिए । झमझम वर्षाका बीच पहिलो हाफ गोलरहित बराबरीमा रोकेको सिक्किमले दोश्रो हाफमा १४ मिनेटको अन्तरमा ३ गोल खायो । पहिलो हाफदेखी नै दवाबमा राखेर बारम्बार पोष्ट चार्ज गरेको धरानका लागि ६१ औं मिनेट टर्निङ प्वाइन्ट बन्यो । बारम्बारको पोष्ट चार्ज विफल भइरहेका बेला धरानका डिफेन्डर रोमन लिम्वुले ६१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पेनाल्टी एरियामा बल घुमिरहेका बेला धरानका वर्तमान राईले पछाडि दिएको पासलाई लिम्वुले डि–एरिया बाहिरबाट फष्र्ट बार च्यापेर प्रहार गरेको बलले सिधै जाली चुमेको हो । निसान लिम्बुको कर्नर बल थियो ।

पहिलो गोल गरेको २ मिनेट बित्न नपाउँदै सजन राईले धरानका लागि दोश्रो गोल गरे । खेलको ६३ औं मिनेटमा वर्तमान राईको क्रस, निशान लिम्वुको पासमा गोल लाइन नजिक रहेका स्वजनले सहजै गोल गरे । त्यसको ११ मिनेट पछि नै धरानका धिरेन लिम्वुले तेश्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले निशान लिम्वुको पासमा गोल गरेका हुन् ।

लगातार तेस्रो सहभागिता जनाएको सिक्किमले आहा राराको क्वाटरफाईनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । खेलमा धरानका निशान लिम्बु म्यान अफ दी म्याच घोषित भए ।

धरानका आधा दर्जन गोल गर्ने प्रयास असफल भए । खेलको १७ औं मिनेटमै वर्तमान राईले फष्र्ट बार च्यापेर प्रहार गरेको उत्कृष्ट किक बिपक्षी किपर अविद मोहम्मदले बचाए । वान भर्सेज वानको अवस्थामा वर्तमान गोल गर्न चुकेका हुन् । त्यसको २ मिनेट पछि नै १९ औं मिनेटमा निशान लिम्वुको पासमा स्वजन राई गोल गर्न असफल रहे । उनले प्रहार गरेको बल फष्र्ट बार हुँदै बाहिरियो । ३१ औं मिनेटमा दिपेश मगरले पेनाल्टी एरियामा पाएको अवसर फितलो प्रहार गर्दा गोलमा परिणत हुन सकेन । ३५ औं मिनेटमा निशान लिम्वुको प्रहार गरेको बल किपरले बचाऊ गर्दा रिबाउण्ड भएको वल पुनः दिपेश मगरले प्रहार गर्दा बिपक्षी सरोज राईले मुश्किलले क्लियर गरे ।

७० औं मिनेटमा वर्तमान राईले फष्र्ट बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर अविद मोहम्मदले मुश्किलले बचाए । ८२ औं मिनेटमा निशान लिम्वुको पासमा वर्तमान राईको प्रहार पनि खेर गयो । उनले बिपक्षी गोलकिपर अविदसँग वान भर्सेज वान हुँदा पनि पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा सिधै गोलकिपरको हातमा बल प¥यो ।

पाहुना टोली युनाइटेड सिक्किम फुटवल क्लव भारतले पनि केहि राम्रा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तेश्रो मिनेटमै गोल गर्ने सुन्दर अवसर गुमाउँदा सिक्किम हार बेहोर्न बाध्य भयो । सिक्किमका नोइल सेवाले प्रहार गरेको उत्कृष्ट हेडर गोल पोष्ट भन्दा थोरै माथीबाट बाहिरियो । १४ औं मिनेटमा पनि सिक्किमले दोश्रो पटक गोल गर्ने अवसर गुमायो ।

सिक्किमका कालिकोटेले प्रहार गरेको वल प्रहार गरेको वल धरानका गोल किपर विवश चौधरीले मुश्किलले बचाउँदा रिबाउण्ड भएको बल पुनः प्रहार गर्दा पनि जाली चुम्न सकेन । ६० औं मिनेटमा मनोज दर्नालको पासमा सिक्किमका मानस राईको प्रहार पनि बिपक्षी गोलकिपरले उत्कृष्ट पञ्च गर्दै बचाए । ८३ औं मिनेटमा सब्ष्टीच्यूट खेलाडी पेमा लेण्डुपले गोल गर्ने सुन्दर अवसर गुमाए । गोल किपर मात्र रहेको अवस्थामा लेण्डुपले पेनाल्टी एरियाबाट प्रहार गरेको बलपनि गोल पोष्ट भन्दा थोरै माथीबाट बाहिरिएको हो ।

बिजयी भएपछि धरान फुटवल क्लव सुनसरीका प्रशिक्षक अर्जुन राईले ईटहरीमा खेलेका खेलाडी रातारात लिएर पोखरा आउँदा सोंचेजस्तो खेल प्रदर्शन गर्न नसकेपनि जित निस्किएकोमा खुशी व्यक्त गरे । ईटहरीमा आयोजक जागृति युवा क्लवबाट आफ्ना खेलाडीले खेलेको र त्यहाँ कलकत्तासँग पराजित भएपछि रातारात पोखरा आएर खेल्दा खेलाडीहरु थाकेर उत्कृष्ट प्रदर्शन गर्न नसकेको उनको भनाई थियो । अघिल्लो पटक आहा ! रारा गोल्डकपको क्वार्टरफाईनलसम्मको यात्रा तय गरेको धरान यसपटक नयाँ युवा खेलाडी मात्र लिएर पोखरा आएको उनले बताए ।

पराजित टिम युनाइटेड सिक्किम फुटवल क्लव भारतका म्यानेजर पेमा ग्याट्सो भुटियाले आफ्ना सिनियर खेलाडी भारतको पट्नामा जारी राष्ट्रिय स्तरको सान्तोष ट्रफी फुटवल प्रतियोगितामा भाग लिइरहेकाले दोश्रो रोजाईका युवा खेलाडी लिएर आउँदा सोंचेजस्तो खेल प्रदर्शन गर्न नसकेको स्विकारे ।

प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी वलको एपिएफ क्लव र संकटा क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लवले जनाएको छ ।

आजको खेल
एपिएफ क्लव र संकटा क्लव

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds