पोखरा, माघ ११ / पोखराको राइजिङ क्रिकेट एकेडेमीलाई बृज सिमेन्ट ईण्डस्ट्रिजले क्रिकेट सामग्री प्रदान गरेको छ । पुष्पतारा केडिया सेवा संस्थाद्धारा बुधबार पोखरामा आयोजित एक कार्यक्रममा क्रिकेटका सामग्री राइजिङ क्लबलाई हस्तान्तरण गरिएको हो ।
वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखेले संयुक्त रुपमा क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले पहिलो चरणमा पोखरालाई छनोट गरेको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए ।
शरद भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीको एक बर्ष अगाडि स्थापना भएको हो । राइजिङ क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।
कार्यक्रममा पश्चिमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष याम गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु