पोखरा, माघ ११ / पोखराको राइजिङ क्रिकेट एकेडेमीलाई बृज सिमेन्ट ईण्डस्ट्रिजले क्रिकेट सामग्री प्रदान गरेको छ । पुष्पतारा केडिया सेवा संस्थाद्धारा बुधबार पोखरामा आयोजित एक कार्यक्रममा क्रिकेटका सामग्री राइजिङ क्लबलाई हस्तान्तरण गरिएको हो ।
वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखेले संयुक्त रुपमा क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले पहिलो चरणमा पोखरालाई छनोट गरेको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए ।
शरद भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीको एक बर्ष अगाडि स्थापना भएको हो । राइजिङ क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।
कार्यक्रममा पश्चिमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष याम गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका