इटहरी, ११ माघ / मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनलमा मनाङले गरिफा स्र्पोटिङ क्लब, कोलकातालाई ३–० ले हराउँदै थ्रीस्टारसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
बिहीबार इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङका लागि भर्खरै जापानबाट फर्किएका चर्चित फरवार्ड सन्तोष साहुखलले दुई गोल गरे । जापानबाट फर्केको केहि दिनमै घरेलु मैदानमा ओर्लेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलको प्रभावशाली प्रदर्शन रह्यो ।
शनिबार हुने फाइनलमा मनाङ ले रुस्लान थ्री स्टार क्लब को सामना गर्नेछ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा हराउँदै थ्री स्टार बुधबार फाइनलमा पुगेको थियो । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाईले रातो कार्ड पाउँदै मैदान छोडेपछि मनाङले त्यसको फाइदा उठाएको हो । उनले सन्तोषको टाउकैमा लात्तीले बजारेका थिए । हेर्नुहोस् भिडियो ।
https://www.facebook.com/gandaknews/videos/770634529795468/
सन्तोषले ४७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । थ्री स्टारका पूर्व स्टार समेत रहेका सन्तोषले ६९ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे । विमल रानाले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । सन्तोष खेलको म्यान अफ द म्याच चुनिए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।

यो वर्ष दुई नकआउट उपाधि जितेको मनाङको यो पाँचौं फाइनल हो । चितवनमा जेसिस कप जितेको मनाङले दुवही गोल्ड कपको उपाधि उचालेको थियो । टोली सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप दुवैको फाइनलमा आर्मीसँग पराजित भएको थियो । यो महिनाको सुरुआतमा धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पनि मनाङ आर्मीसँगै पराजित भएको थियो ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु