इटहरी, ११ माघ / मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनलमा मनाङले गरिफा स्र्पोटिङ क्लब, कोलकातालाई ३–० ले हराउँदै थ्रीस्टारसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
बिहीबार इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङका लागि भर्खरै जापानबाट फर्किएका चर्चित फरवार्ड सन्तोष साहुखलले दुई गोल गरे । जापानबाट फर्केको केहि दिनमै घरेलु मैदानमा ओर्लेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलको प्रभावशाली प्रदर्शन रह्यो ।
शनिबार हुने फाइनलमा मनाङ ले रुस्लान थ्री स्टार क्लब को सामना गर्नेछ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा हराउँदै थ्री स्टार बुधबार फाइनलमा पुगेको थियो । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाईले रातो कार्ड पाउँदै मैदान छोडेपछि मनाङले त्यसको फाइदा उठाएको हो । उनले सन्तोषको टाउकैमा लात्तीले बजारेका थिए । हेर्नुहोस् भिडियो ।
https://www.facebook.com/gandaknews/videos/770634529795468/
सन्तोषले ४७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । थ्री स्टारका पूर्व स्टार समेत रहेका सन्तोषले ६९ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे । विमल रानाले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । सन्तोष खेलको म्यान अफ द म्याच चुनिए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।

यो वर्ष दुई नकआउट उपाधि जितेको मनाङको यो पाँचौं फाइनल हो । चितवनमा जेसिस कप जितेको मनाङले दुवही गोल्ड कपको उपाधि उचालेको थियो । टोली सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप दुवैको फाइनलमा आर्मीसँग पराजित भएको थियो । यो महिनाको सुरुआतमा धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पनि मनाङ आर्मीसँगै पराजित भएको थियो ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।

सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?