संकटालाई १-० गोलले हराउने क्रममा एपीएफको यस्तो गोल (भिडियो), आजको खेल पुलिस Vs झापा

संकटालाई १-० गोलले हराउने क्रममा एपीएफको यस्तो गोल (भिडियो), आजको खेल पुलिस Vs झापा

APF

रञ्जन अधिकारी  पोखरा, ११ माघ / सशस्त्र प्रहरी बल को एपिएफ क्लवले आहा ! रारा गोल्डकपमा कठिन जितका साथ क्वार्टरफाइनलमा स्थान बनाएको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत विहीबार भएको तेस्रो प्रिक्वार्टर फाइनल खेलमा सिएमजी क्लब संकटालाई १–० गोलको झिनो अन्तरले पराजितगर्दै एपिएफले कठिन जित हात पारेको हो ।

एपिएफको जितमा डिफेन्डर आदित्य चौधरीले २८ औं मिनेटमा गरेको फ्रिकिक गोल निर्णायक बन्यो । संकटाका डिफेन्डर कोएरा लार्बा फ्लोरेन्ट कोनले एपिएफका रञ्जन विष्टलाई गलत ट्याकल गरेर लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेंलो कार्ड दिदै एपिएफलाई फ्रिकिकको अवसर दिएका थिए । सो अवसरलाई आदित्यले खेर जानदिएनन् ।

आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार तीन वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । छैटौं संस्करणको फाइनल खेलेको एपिएफ त्यसको अघिल्लो वर्ष सेमिफाईनल यात्रा तय गरेको थियो । संकटा क्लबको भने यो चौथो सहभागिता हो । १२ र १३ औं संस्करणमा क्वार्टरफाईनलसम्म यात्रा तय गरेको संकटा गत वर्ष सेमिफाईनलमा मनाङसँग पराजित भएको थियो ।

विहीबारको प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले धेरै पटकगोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । रक्षापंक्ति बलियो बनाएर आक्रामक रणनीति लिएका दुबै टिमको फिनिसिङ कमजोर हुँदा स्कोर निकाल्न गाह्रो परेको थियो । दुवै टोलीका प्रशिक्षकले यसलाई स्विकार समेत गरेका छन् ।

एपिएफ २० औं मिनेटमै गोल गर्न चुक्यो । नविन लामाले दायाँ साइडबाट फष्र्ट बार च्यापेर गरेको कडा प्रहार बिपक्षी किपर बिनय श्रेष्ठले मुश्किलले जोगाए । लगत्तै राजेन्द्र रावलले प्रहार गरेको अर्को प्रहार पनि संकटाका गोलकिपर श्रेष्ठले नै विफल पारे ।

एक पछि अर्को गर्दै आक्रमण बुनेको एपिएफ गोलगरेपछि राहत महसुस ग¥यो । ४१ औं मिनेटमा गोल गर्न पाएको अवसर पनि फुत्कियो । एपिएफका नविन लामाको दोस्रो प्रयास खेर गयो । ४८ औं मिनेटमा रञ्जन विष्टको पासमा नविन लामाको फेरि अर्को प्रहार पनि खेर गयो ।

५९ औं मिनेटमा युवराज खड्का पेनाल्टी एरियामा बिपक्षी खेलाडी नै नभएको अवस्थामा पनि गोल गर्न चुके । रञ्जन विष्टको पासमा उनले प्रहार गरेको बल बिपक्षी गोलकिपर श्रेष्ठको हातमा सिधै प¥यो । ७६ औं मिनेटमा रञ्जन विष्टको पासमा रामकुमार कुमालले फितलो प्रहार गर्दा बल फष्र्ट बार हुँदै बाहिरियो । ८० औं मिनेटमा रञ्जन विष्टले सेकेण्ड बार च्यापेर प्रहार गरेको बल बिपक्षी गोलकिपर श्रेष्ठले नै विफल पारे ।

पराजित संकटाले पनि करीब आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । संकटाले २९ औं मिनेटमा गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । संकटाका प्रकाश बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार किपरले मुश्किलले बचाए । उनले बिपक्षी गोलकिपर अमृतकुमार चौधरी मात्र हुँदा वान भर्सेज वानका अवस्थामा फष्र्ट बार च्यापेर प्रहार गरेको बल चौधरीले विफल पारेका हुन् ।

३९औं मिनेटमा प्रकाशकै पासमा सुशील लामाको प्रहार पनि जाली चुम्न असफल रह्यो । ६१ औं मिनेटमा हेमन्त थापा मगरको प्रहार पनि बिपक्षी गोलकिपर चौधरीले रोके । ७२ औं मिनेटमा संकटाका हमेन्तको फ्रिकिक पनि सदुपयोग हुन सकेन । ७४ औं मिनेटमा रुपेश केसीले पेनाल्टी एरियामा पाएको गोल गर्ने अवसर पनि खेर फाले ।

पोष्ट म्याच कन्फरेन्समा एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिनिसिङ कमजोर हुँदा जित कठिन बनेको प्रतिक्रिया दिए । लामो यात्राका कारण खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न नसकेको बताए । कयौं पटक प्रहार गरेको बलले जाली नचुम्दा खेलाडीले दवाब महसुस गरेकाले पनि दोश्रो हाफमा सोंचेजस्तो प्रदर्शन गर्न नसकेको उनको स्विकारोक्ती थियो ।

पराजित टिम संकटाका प्रशिक्षक सल्यान खड्गीले फिनिसिङ कमजोरीका कारण पराजित हुनुपरेको बताए । उनले खेलमा हारजित हुने भन्दै खेल भने प्रतिष्पर्धात्मक भएको भन्दै खेलाडीको खेलप्रति सन्तोष व्यक्त गरे ।

विहीबारको खेलमा एपिएफलाई जिताउन निर्णायक गोलकर्ता आदित्य चौधरी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको हो ।

प्रतियोगिता अन्तर्गत प्रि क्वाटरफाइनल चरणको अन्तिम खेलमा शुक्रबार नेपाल पुलिस क्लव र रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछन् । पूर्वेली टोली झापा ११ को भने यो पाँचौ सहभागिता हो । गत वर्ष क्वार्टरफाईनलमा आर्मीसँग पराजित झापा १४ औं संस्करणमा भने सेमिफाईनलसम्म पुगेको थियो । जुन उच्चतम् नतिजा हो ।

सुरुवातीका वर्षहरुमा पोखरा रंगशालामा सबैभन्दा भाग्यमानी टोली पुलिस पछिल्लो समय भने सुखद् नतिजाबाट विमुख छ । क्याराभान सहित पाँच पटकको विजेता क्लब हो पुलिस । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले पनि पाँच पटक उपाधि उचालेको छ । पुलिस पछिल्ला दुई संस्करणमा पहिलो खेलबाटै बाहिरियो । गत वर्ष फाईनल खेलेको संकटा नै पुलिस विरुद्ध पहिलो खेलमा संकट बनेर उभिएको थियो । शुक्रबारको खेल सँगै क्वार्टरफाईनल समिकरण पूरा हुनेछ । इटहरी गोल्डकप जारी रहेकाले आहा रारा गोल्डकपका बाँकी खेलतालिका सार्वजनिक भईसकेको छैन ।

आजको खेल
नेपाल पुलिस क्लब Vs रमपम झापा ११

तस्विरः गोलनेपाल डटकम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds