गण्डक न्युज पोखरा, १५ माघ / पोखराको क्रिकेट विकासका लागि स्थानीय स्तरबाटै योगदानको हेतु पुरानो क्लब पोखरा क्रिकेट क्लबले आयोजना गर्ने अन्तर क्लब पीसीसी क्रिकेट कप २०७४ को तयारीलाई तीब्रता दिइएको छ । क्लबको यो उत्साहलाई दि युनाइटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन बनेर साथ दिएको छ ।
प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरे । २३ वर्ष अगाडि स्थापित पुरानो उक्त क्लबले आगामी माघ अन्तिम साता स्थानीय स्तरको टी–२० अन्तर क्लब प्रतियोगिता आयोजना गर्न लागेको हो ।
माघ २३ गतेदेखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगितामा कास्कीका आठ टीम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक समेत रहेका क्लबका उपाध्यक्ष उत्सव शाक्यका अनुसार विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७५०० बराबरको क्रिकेट किट् प्रदान गरिनेछ भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही पाँच हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरी व्यवस्थापन कार्यलाई अघि बढाईरहेको छ । मंगलबारदेखि सार्वजनिक यातायातमा ब्यानर प्रचार गरिने योजना छ । मेडिकल पार्टनरमा हिमालय पोलिक्लिनिक,
पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापना भएको हो । बीचको दशक निस्क्रिय क्लब अहिले युवा नेतृत्वले २३ वर्षे इतिहासको विरासतलाई जोगाउने हेतु यसरी जुर्मुराएको हो । २०६० मा धरानमा सम्पन्न राष्ट्रिय स्तरको दर्शन मेमोरियाल क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । प्रकाश गुरुङको नेतृत्वमा शक्ति गौचन, बसन्त रेग्मी, अमित श्रेष्ठ सहित पोखराका दिपेश खत्री, गोविन्द प्रधान, प्रदीप रावत, देवेन्सन प्रजु लगायतका खेलाडी सहभागी थिए । क्लबले जनकपुरमा आयोजित टी—२० प्रतियोगितामा समेत सहभागिता जनाएको थियो । लायन्स क्लबले आयोजना गरेको प्रतियोगितामा पनि क्लब सहभागी थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो