विश्वासको ह्याट्रिकमा थ्रीस्टार फाइनलमा, बरिन्धराको पोस्टमा एकतर्फी ५ गोल, आज पुलिस Vs धरान

विश्वासको ह्याट्रिकमा थ्रीस्टार फाइनलमा, बरिन्धराको पोस्टमा एकतर्फी ५ गोल, आज पुलिस Vs धरान

Three Star

रञ्जन अधिकारी पोखरा, १७ माघ / पोखराको मैदानमा विश्वास श्रेष्ठ चम्किएपछि भारी गोल अन्तरले एकतर्फी नतिजा पक्षमा पार्दै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको पनि उपाधि नजिक पुगेको छ । थ्रीस्टार यो सिजनमा लगातार दुई प्रतियोगितामा फाइनलमा पुगेको छ । गत शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टारले बुधबार पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई एकतर्फी ५ गोल वर्षाएको हो ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका विश्वास श्रेष्ठले प्रतियोगितामै पहिलो ह्याट्रिक गरे । पहिलो खेलमा सशस्त्रको एपीएफ विरुद्ध मुस्किलले टाइब्रेकरमा हराउँदै सेमिफाइनल खेलेको थ्रीस्टारसामु विदेशी टोली निरिह बन्यो । उसका दुई भरपर्दा अफ्रिकन मुलका खेलाडी अघिल्लो खेलमा रातो कार्ड व्यहोर्दै बाहिरिँदा बंगलादेशी टीमले यसरी लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।

पाचौंपटक फाइनल प्रवेश गरेको थ्रीस्टारले ४ पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । फाइनलमा पुग्दा अहिलेसम्म उसले पराजय व्यहोरेको छैन । थ्रीस्टारले अब नेपाल पुलिस र धरान फुटबल क्लब सुनसरीको बिजेतासँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

शनिबार भएको एकतर्फी खेलमा थ्रीस्टारले उत्तर बरिन्धरा क्लबलाई पूर्णतया दबदबा कायम राख्यो । ४० मिनेटसम्म गोल गर्न नसकेको थ्रीस्टारले पहिलो हाफको समयमा लगातार तीन गोल गरेको थियो । उसले खेलको ४१ औं मिनेटमा विष्णु गुरुङको गोलबाट खाता खोल्यो । विश्वास श्रेष्ठको क्रसमा बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई उनले जाली चुमाएका हुन् । पहिलो गोल भएको ४ मिनेटमपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो । पहिलो हाफको अन्तिम मिनेटमा विश्वास श्रेष्ठको पासमा डिबक्स भित्र रहेका निराजन खड्काले गोल पोष्टको दिशा दिए । त्यसको दुई मिनेट पनि बित्न नपाउँदै निराजन खड्काले आफूलाई पास मिलाईदिएका विश्वासलाई पहिलो गोल गर्न सहयोग गरे ।

तीन गोलले पछि परेको बंगलादेश दोश्रो हाफमा फर्कन सकेन । ६७ औं मिनेटमा विश्वासको व्यक्तिगत दोश्रो गोलको मद्धतमा थ्रीस्टारले चौथो गोल ग¥यो । बुद्ध चेम्जोङको क्रसमा निराजन खड्काले मिलाई दिएको पासमा विश्वासले गोल गरे । खेलको ७५ औं मिनेटमा गोल गरेर विश्वासले ह्याट्रिक पूरा गरे । उनले सुनिल बलको फ्रिकिकमा फष्र्ट बार च्याप्दै प्रहार गरेको हेडर गोलमा परिणत भएको थियो ।

थ्रीस्टारले आधा दर्जन बढी गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । बिजयी भएपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम कमजोर हुँदा राम्रो खेल हुन नसकेको बताए । पहिलो हाफको ४० मिनेटसम्म आफूहरु बिपक्षीको खेल बुझ्नका लागि पर्ख र हेरको रणनीतिमा खेलेको र त्यसपछि रणनीति परिवर्तन गर्दा लगातार गोल निस्केको उनको भनाई छ । बंगलादेशी टिमलाई कमजोर प्रतिद्वन्द्वी भन्दै प्रशिक्षक केसीले भने, ‘सेमीफाइनलमा यति कमजोर टिमसँग थ्रीस्टारले यसभन्दा अघि कहिल्यै खेलेको पनि थिएन र अब कहिल्यै खेल्दैन ।’

उत्तर बरिन्धरा क्लवका बरिष्ठ उपाध्यक्ष मुसिबुर रहमानले ३/४ खेलाडी घाइते भएको र २ जनाले रातो कार्ड खाएर खेल्न नपाउँदा टिम कमजोर बनेको र नतिजा पनि निराशाजनक आएको बताए । उनले आयोजकको आतिथ्यता, नेपाली र पत्रकारलाई आभार प्रकट गर्दै आगामी वर्ष आउन इच्छुक रहेको तर सशक्त आउने बताए । सो क्लबका अनुसार अहिले बरिन्धरा क्लबका सिनियर खेलाडी बंगलादेशमै एक प्रतियोगितामा सहभागी छ । बरिन्धराले पहिलो खेलमा सुदुरपश्चिम एफसीलाई २–१ गोलले पराजित गरेको थियो । सो खेल निकै तनावपूर्ण बन्दा अहिलेसम्मकै सबैभन्दा बढी कार्ड प्रयोग समेत भएको थियो र त्यसको असर यो खेलमा प¥यो ।

खेलमा ह्याट्रिक म्यान थ्रीस्टारका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच बने । बिहीबार दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा नेपाल पुलिस क्लव र धरान फुटवल क्लब सुनसरी प्रतिष्पर्धामा हुनेछ । पुलिस क्याराभान सहित पाँच पटकको उपाधि विजेता टोली हो । पुृलिसले पहिलो खेलमा मनाङ मस्र्याङ्दीलाई ३–१ गोलले पराजित गरेको थियो । प्रिक्वार्टरबाटै खेलेको धरानले पहिलो खेलमा सिक्किम युनाईटेडलाई ३–०, क्वार्टरफाईनलमा आर्मीलाई टाईब्रेकरमा पराजित गरेको थियो ।

आजको खेल

नेपाल पुलिस क्लब Vs धरान फुटबल क्लब

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ