‘पोखरा अब स्पोर्ट्स सिटी’,

‘पोखरा अब स्पोर्ट्स सिटी’,

Pokhara (2)

गण्डक न्युज पोखरा, २० माघ / राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउने घोषणा गरेका छन् । उनले स्पोर्टस् सिटीका रुपमा पोखरालाई अघि सार्ने बताए ।

१६ औं आहा रारा गोल्डकपमा समापनि कार्यक्रमका प्रमुख अतिथि उनले त्यसका लागि केहि समयपछि नै खेलकुदकर्मीसहित सरोकारवालाहरुसँग बसेर छलफल गर्ने बताए । उनले आगामी आहा रारा गोल्डकप नयाँ रंगशालामा खेलाउन पाइने दाबी गरे । पुरानो रंगशाला भत्काउने कार्य भइरहेको र त्यसमा नयाँ रंगशाला एक वर्ष भित्रै बनाई सकिने विष्टले बताए ।

सदस्य सचिव विष्टले अब देशैभरी हुने गोल्डकपको प्रथम पुरस्कार राखेपले दिने घोषणा गरे । प्रथम पुरस्कारको राशी २५ लाख वा त्यो भन्दा माथि हुनुपर्ने र नाममात्रको गोल्डकप होईन, सुनकै कप हुने गरी अघि बढ्नुपर्ने बताए ।

पोखराको पहिचान अब फेवाताल मात्र नभएको बताउदै उनले पोखराको पहिचान खेलकुद र फुटबल समेत भएको उनले बताए । कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं सांसद सूर्य बहादुर केसीले पोखरामा खेलकुदको पुर्वाधार आवश्यक भएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds