गण्डक न्युज पोखरा, २० माघ / राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउने घोषणा गरेका छन् । उनले स्पोर्टस् सिटीका रुपमा पोखरालाई अघि सार्ने बताए ।
१६ औं आहा रारा गोल्डकपमा समापनि कार्यक्रमका प्रमुख अतिथि उनले त्यसका लागि केहि समयपछि नै खेलकुदकर्मीसहित सरोकारवालाहरुसँग बसेर छलफल गर्ने बताए । उनले आगामी आहा रारा गोल्डकप नयाँ रंगशालामा खेलाउन पाइने दाबी गरे । पुरानो रंगशाला भत्काउने कार्य भइरहेको र त्यसमा नयाँ रंगशाला एक वर्ष भित्रै बनाई सकिने विष्टले बताए ।
सदस्य सचिव विष्टले अब देशैभरी हुने गोल्डकपको प्रथम पुरस्कार राखेपले दिने घोषणा गरे । प्रथम पुरस्कारको राशी २५ लाख वा त्यो भन्दा माथि हुनुपर्ने र नाममात्रको गोल्डकप होईन, सुनकै कप हुने गरी अघि बढ्नुपर्ने बताए ।

पोखराको पहिचान अब फेवाताल मात्र नभएको बताउदै उनले पोखराको पहिचान खेलकुद र फुटबल समेत भएको उनले बताए । कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं सांसद सूर्य बहादुर केसीले पोखरामा खेलकुदको पुर्वाधार आवश्यक भएको बताए ।
सम्बन्धित खबर
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
अन्तर इक्यान राष्ट्रिय फुटसलमा पूर्वाञ्चललाई हराउँदै कास्की विजयी
मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधि
पोखरामा क्लासिक सुईट्स टि– २० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
जुनियर टेनिसमा सेमी समीकरण पूरा
स्याङ्जामा काल्खु मेला जारीः शनिबारदेखि दोस्रो चरणका खेल हुने
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य