पोखरा, माघ २१ । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुँदैछ ।
आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आएका छन् । प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् । ५ दिनसम्म चल्ने प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ ओटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ र पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ ।
उत्कृष्ट पाइलटको एफएआईर्को याङ्किङमा नम्बरसमेत बढ्ने छ । नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ । यो प्रतियोगिता राम्रोसँग सम्पन्न भएमा अर्को वर्ष वर्ल्ड कप आयोजना गर्न बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म साँस्कृतिक झाँकीसहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गर्नेछन् । यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु