पोखरा, माघ २१ । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुँदैछ ।
आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आएका छन् । प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् । ५ दिनसम्म चल्ने प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ ओटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ र पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ ।
उत्कृष्ट पाइलटको एफएआईर्को याङ्किङमा नम्बरसमेत बढ्ने छ । नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ । यो प्रतियोगिता राम्रोसँग सम्पन्न भएमा अर्को वर्ष वर्ल्ड कप आयोजना गर्न बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म साँस्कृतिक झाँकीसहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गर्नेछन् । यो प्रतियोगितालाई प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
आइटीएफमा दोश्रो सर्किटका खेल जारी
अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका