काठमाडौं, २७ माघ / नेपाली राष्ट्रिय फुटबलर तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान बिक्रम लामालाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
शनिबार धरानमा सम्पन्न २० औं बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा खुट्टा भाँचिएपछि लामालाई हवाईजहाजमार्फत काठमाडौं पुर्याइएको थियो । पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडी सँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको हो । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएका थिए । शनिबार साँझ नै काठमाडौं ल्याइएका विक्रमको दायाँ नली खुट्टाको आजै शल्यक्रिया हुँदैछ ।

क्लबका महासचिव सञ्जिव शिल्पकारका अनुसार डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले रातीनै शल्यक्रिया गर्नेछ । महासचिव शिल्पकारका अनुसार विक्रमलाई खेलमा फर्कन कम्तिमा पछि छ महिना लाग्नेछ । ‘सामान्य हिडडुलका लागि मात्र पनि तीन महिना लाग्न सक्छ’, शिल्पकारले भने,’खेलमा फर्कनका लागि छ महिना कम्तीमा लाग्ने अनुमान छ ।’
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ । माघको १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । तर पुलिससँगै १-० ले हारेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

Source: Hamro Khelkud/Kheldainik
सम्बन्धित खबर
क्यानडामाथि नेपालको महत्त्वपूर्ण जित
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त