काठमाडौं, २७ माघ / नेपाली राष्ट्रिय फुटबलर तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान बिक्रम लामालाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
शनिबार धरानमा सम्पन्न २० औं बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा खुट्टा भाँचिएपछि लामालाई हवाईजहाजमार्फत काठमाडौं पुर्याइएको थियो । पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडी सँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको हो । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएका थिए । शनिबार साँझ नै काठमाडौं ल्याइएका विक्रमको दायाँ नली खुट्टाको आजै शल्यक्रिया हुँदैछ ।

क्लबका महासचिव सञ्जिव शिल्पकारका अनुसार डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले रातीनै शल्यक्रिया गर्नेछ । महासचिव शिल्पकारका अनुसार विक्रमलाई खेलमा फर्कन कम्तिमा पछि छ महिना लाग्नेछ । ‘सामान्य हिडडुलका लागि मात्र पनि तीन महिना लाग्न सक्छ’, शिल्पकारले भने,’खेलमा फर्कनका लागि छ महिना कम्तीमा लाग्ने अनुमान छ ।’
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ । माघको १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । तर पुलिससँगै १-० ले हारेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

Source: Hamro Khelkud/Kheldainik
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो