गण्डक न्युज धरान, २७ माघ / रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो ।
गत शनिबार पोखरामा आहा रारा गोल्डकपमा यही स्कोरले पुलिसले उपाधि उचालेको थियो । थ्रीस्टारले एक सातामै बदला लिन सफल भएको हो । यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको छ । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थ्रीस्टारले यहि महिना इटहरी गोल्डकपको उपाधि उचाल्न पनि सफल भएको थियो । थ्रीस्टारले लगातार तीन हप्ता तीन गोल्डकपमा फाइनल पुगेर दुई उपाधि जित्न सफल समेत बनेको छ ।
थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको गोल नै खेलमा निर्णायक बन्न सफल भयो ।
खेलको २५ औं मिनेटमा घाइते भएका थ्रीस्टारका विक्रम लामा उपचारका लागि काठमाडौं पठाइएको छ । खेलको २७ औं मिनेटमा पुलिसका हेम तामाङ र थ्रीस्टारका सेगुनले रातो कार्ड पएपछि दुवै टोली १० खेलाडिमा सीमित भएका थिए ।
यस जितसँगै माघ २० गते पोखरामा भएको आहा रारा गोल्डकपमा पुलिससँग १–० ले हार व्यहोरेको थ्रि स्टारले सो हारको बदला पनि लिन सफल भएको छ ।
पुलिसले बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार भएको खेलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कलकत्तालाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको थियो ।
निराजन बुढासुब्बा गोल्डकपका उत्कृष्ट खेलाडी

रुस्लान थ्री स्टारका मिडफिल्डर निराजन खड्काले आज सम्पन्न बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उनलाई २५ हजार नगद सहित यामाहाको मोटरसाईकल प्रदान गरिएको छ । उनले प्रतियोगिताभरी कुल तीन गोल पनि गरेका थिए ।
अन्य विधामा उत्कृष्ट खेलाडिहरुहरुलाई जनही २५ हजार रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको छ :
उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डर – लवाल (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर – सुमन लामा (पुलिस)
उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)
उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)
उदयीमान खेलाडी – रोमन लिम्बु (धरान)
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की