गण्डक न्युज धरान, २७ माघ / रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो ।
गत शनिबार पोखरामा आहा रारा गोल्डकपमा यही स्कोरले पुलिसले उपाधि उचालेको थियो । थ्रीस्टारले एक सातामै बदला लिन सफल भएको हो । यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको छ । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थ्रीस्टारले यहि महिना इटहरी गोल्डकपको उपाधि उचाल्न पनि सफल भएको थियो । थ्रीस्टारले लगातार तीन हप्ता तीन गोल्डकपमा फाइनल पुगेर दुई उपाधि जित्न सफल समेत बनेको छ ।
थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको गोल नै खेलमा निर्णायक बन्न सफल भयो ।
खेलको २५ औं मिनेटमा घाइते भएका थ्रीस्टारका विक्रम लामा उपचारका लागि काठमाडौं पठाइएको छ । खेलको २७ औं मिनेटमा पुलिसका हेम तामाङ र थ्रीस्टारका सेगुनले रातो कार्ड पएपछि दुवै टोली १० खेलाडिमा सीमित भएका थिए ।
यस जितसँगै माघ २० गते पोखरामा भएको आहा रारा गोल्डकपमा पुलिससँग १–० ले हार व्यहोरेको थ्रि स्टारले सो हारको बदला पनि लिन सफल भएको छ ।
पुलिसले बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार भएको खेलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कलकत्तालाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको थियो ।
निराजन बुढासुब्बा गोल्डकपका उत्कृष्ट खेलाडी

रुस्लान थ्री स्टारका मिडफिल्डर निराजन खड्काले आज सम्पन्न बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । उनलाई २५ हजार नगद सहित यामाहाको मोटरसाईकल प्रदान गरिएको छ । उनले प्रतियोगिताभरी कुल तीन गोल पनि गरेका थिए ।
अन्य विधामा उत्कृष्ट खेलाडिहरुहरुलाई जनही २५ हजार रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको छ :
उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डर – लवाल (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर – सुमन लामा (पुलिस)
उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)
उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)
उदयीमान खेलाडी – रोमन लिम्बु (धरान)
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो