पोखरा, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेलहरु हुँदैछन् । अन्तिम चरणमा नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र क्यानडाबीच खेल अहिले नामिबियाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु भएको छ ।
निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। नेपालले बलिङ रोजेपछि नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा क्यानडाले पहिले ब्याटिङ गरिरहेको छ।
क्यानडा विरुद्धको नेपाली टिम – ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने ।
पहिलो दुई खेलको नतिजाले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए ।
२ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ । नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ ।
प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफुलाई पूर्णरुपमा प्रमाणित गर्न सकेको छैन । बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने क्रममा १४ विकेट लिइसकेका छन् । ९ विकेट लिएका सोमपाल कामी बढी विकेट लिने खेलाडीको चौथों स्थानमा छन् ।
क्यनडाका लागि प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी निखिल दत्ता हुन् । कुवेतमा जन्मिएका उनले प्रतियोगितामा ४ खेल खेलेर ८ विकेट लिएका छन् । क्यानडाका खेलाडीले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडी क्यानडाका छन् । प्रतियोगितामा हालसम्म क्यानडाका रुभिन्दु गुणसेकेराले सबैभन्दा बढी २ सय ७ रन जोडिसकेका छन् ।
प्रतियोगितामा २ अर्धशतक प्रहार गरिसकेका उनले केन्याविरुद्ध ८३ रन प्रहार गरेका थिए ।नेपालका लागि बढी रन प्रहार गर्ने खेलाडी कप्तान पारस खड्का हुन् । पारसले ४ खेलमा १ सय २९ रन मात्र जोड्न सकेका छन् । उनी प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको सूचीको छैटौं स्थानमा छन् । पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन् ।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय