पोखरा, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेलहरु हुँदैछन् । अन्तिम चरणमा नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र क्यानडाबीच खेल अहिले नामिबियाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु भएको छ ।
निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। नेपालले बलिङ रोजेपछि नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा क्यानडाले पहिले ब्याटिङ गरिरहेको छ।
क्यानडा विरुद्धको नेपाली टिम – ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने ।
पहिलो दुई खेलको नतिजाले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए ।
२ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ । नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ ।
प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफुलाई पूर्णरुपमा प्रमाणित गर्न सकेको छैन । बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने क्रममा १४ विकेट लिइसकेका छन् । ९ विकेट लिएका सोमपाल कामी बढी विकेट लिने खेलाडीको चौथों स्थानमा छन् ।
क्यनडाका लागि प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी निखिल दत्ता हुन् । कुवेतमा जन्मिएका उनले प्रतियोगितामा ४ खेल खेलेर ८ विकेट लिएका छन् । क्यानडाका खेलाडीले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडी क्यानडाका छन् । प्रतियोगितामा हालसम्म क्यानडाका रुभिन्दु गुणसेकेराले सबैभन्दा बढी २ सय ७ रन जोडिसकेका छन् ।
प्रतियोगितामा २ अर्धशतक प्रहार गरिसकेका उनले केन्याविरुद्ध ८३ रन प्रहार गरेका थिए ।नेपालका लागि बढी रन प्रहार गर्ने खेलाडी कप्तान पारस खड्का हुन् । पारसले ४ खेलमा १ सय २९ रन मात्र जोड्न सकेका छन् । उनी प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको सूचीको छैटौं स्थानमा छन् । पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा