काठमाडौं, ३ फागुन । पारस खड्काको शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।
यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।
नेपालको सुरुवात मध्यम रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।
पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।
शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।
रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।
पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।
बसन्त रेग्मी ५ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।
युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे । बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प