गण्डक न्युज पोखरा, ४ फागुन / प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरामा प्रदेश प्रमुखको निवासमा शुक्रबार आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन् । मुख्यमन्त्री गुरुङले शुक्रबारै पदभार ग्रहण गरेका छन् ।
यसैबीच, शुक्रबार नै दुई पटक मन्त्रीपरिषद् विस्तार भएको छ । गुरुङले शुक्रबार मध्यान्ह गोरखाबाट निर्वाचित एमालेका रामशरण बस्नेतलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री बनाएका थिए भने शुक्रबारै साँझ ६ बजे माओवादी केन्द्रबाट २ जना मन्त्रीले पनि सपथ लिएका छन् । मन्त्री बस्नेत एमाले गोरखाका पूर्व अध्यक्ष हुन् ।

पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रीको सपथ लिँदै गोरखाबाट निर्वाचित एमालेका रामशरण बस्नेत ।
तनहुँबाट निर्वाचित हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बने । प्रदेश प्रमुख बाबुराम कुवँरले विशेष कार्यक्रमका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको सपथ लिँदै तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिँदै गोरखाका लेखबहादुर थापा मगर ।
यो संगै प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद् ४ सदस्यीय भएको छ । सबैभन्दा बढी सांसद रहेको, राजधानी समेत रहेको जिल्ला कास्कीबाट भने एक जना पनि मन्त्री बन्न सकेका छैनन् । माओवादी केन्द्रमा व्यापक असन्तुष्टि बाहिर आएको छ ।
यस्तै, प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश नम्बर ४ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने भागबन्डा गरिएको थियो । लमजुंगले मुख्यमन्त्री, गोरखाले दुई मन्त्री, तनहुँले एक मन्त्री, पर्वतले सभामुख पाएको छ । उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ । एमालेको भागमा परेको उपसभामुखका लागि एमालेकी नेतृ सिर्जना शर्माको नाम चर्चामा छ ।

प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारी पद तथा गोपनियताको शपथ लिँदै ।
तस्विर: डिएनए नेपाल डटकम (www.dnanepal.com)
सम्बन्धित खबर
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
रानीपौवामा निःशुल्क शिविर
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोर मृत फेला
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार