गण्डक न्युज पोखरा, ४ फागुन / प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरामा प्रदेश प्रमुखको निवासमा शुक्रबार आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन् । मुख्यमन्त्री गुरुङले शुक्रबारै पदभार ग्रहण गरेका छन् ।
यसैबीच, शुक्रबार नै दुई पटक मन्त्रीपरिषद् विस्तार भएको छ । गुरुङले शुक्रबार मध्यान्ह गोरखाबाट निर्वाचित एमालेका रामशरण बस्नेतलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री बनाएका थिए भने शुक्रबारै साँझ ६ बजे माओवादी केन्द्रबाट २ जना मन्त्रीले पनि सपथ लिएका छन् । मन्त्री बस्नेत एमाले गोरखाका पूर्व अध्यक्ष हुन् ।

पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रीको सपथ लिँदै गोरखाबाट निर्वाचित एमालेका रामशरण बस्नेत ।
तनहुँबाट निर्वाचित हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बने । प्रदेश प्रमुख बाबुराम कुवँरले विशेष कार्यक्रमका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको सपथ लिँदै तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिँदै गोरखाका लेखबहादुर थापा मगर ।
यो संगै प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद् ४ सदस्यीय भएको छ । सबैभन्दा बढी सांसद रहेको, राजधानी समेत रहेको जिल्ला कास्कीबाट भने एक जना पनि मन्त्री बन्न सकेका छैनन् । माओवादी केन्द्रमा व्यापक असन्तुष्टि बाहिर आएको छ ।
यस्तै, प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश नम्बर ४ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने भागबन्डा गरिएको थियो । लमजुंगले मुख्यमन्त्री, गोरखाले दुई मन्त्री, तनहुँले एक मन्त्री, पर्वतले सभामुख पाएको छ । उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ । एमालेको भागमा परेको उपसभामुखका लागि एमालेकी नेतृ सिर्जना शर्माको नाम चर्चामा छ ।

प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारी पद तथा गोपनियताको शपथ लिँदै ।
तस्विर: डिएनए नेपाल डटकम (www.dnanepal.com)
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने