गण्डक न्युज पोखरा, ७ फागुन / आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा खेलका नायक करण केसीलाई पोखरामा सम्मान गरिएको छ ।
पोखरा क्रिकेट क्लब (पिसिसी) ले सोमबार एक कार्यक्रमका बीच उनले नेपाललाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मान गरेको हो । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष उत्सव शाक्य, दुर्गा चन्द, सिद्धार्थ श्रेष्ठ, चन्द्र गुरुङ जिम्मी, गोविन्द प्रधान, विजय भुजेल लगायतले उनलाई खादा, बुके र कदर पत्रका साथ सम्मान गरे ।
क्लबका अध्यक्ष श्रेष्ठले पोखराबाटै खेल्ने केसीले राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकोमा खुशी लागेको जनाउँदै यस्त प्रदर्शनको निरन्तरताको अपेक्षा गरे । क्रिकेटर केसीले आफूले राष्ट्रको लागि सक्दो खेल्ने प्रतिबद्धता जनाउँदै क्रिकेटप्रेमी नेपालीको यस्तै साथको आशा गरे ।

बाग्लुङमा जन्मेका केसीले पोखरामा ८ महिनाअघिदेखि राइजिङ पोखरा क्रिकेट एकेडेमी सञ्चालन गरेका छन् । उनको टीम पिसिसीले दुई साता अघि पोखरामा आयोजना गरेको क्रिकेट कपमा उपविजेता टोली हो । केसीले सानै उमेरदेखि क्रिकेट खेलमा मोह जगाउने र खेलाडी उत्पादन गर्ने लक्ष्यले एकेडेमी सञ्चालनमा ल्याएको बताए । तीन वर्षअघिदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका केसी पछिल्लो समय हिरो बने ।
क्यानडालाई एक विकेटले जितेको सो खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पु¥याए । करणको वाहवाही सुरु भयो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो