पोखराका नागढुंगा र विजयपुर दुई ठाउँमा शंकास्पद वस्तु, नागढुङ्गामा डिस्पोज

पोखराका नागढुंगा र विजयपुर दुई ठाउँमा शंकास्पद वस्तु, नागढुङ्गामा डिस्पोज

bombs

गण्डक न्युज पोखरा, ८ फागुन / विप्लव नेतृत्वको नेकपाले मंगलबार आयोजना गरेको नेपाल बन्दकै दिन पोखराका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । पोखरा नागढुङ्गा र विजयपुरमा जेब्रा झोला भेटिएको छ ।

नागढुंगाको सडकपेटीमा भेटिएको जेब्रा झोलामा शंकास्पद बस्तु रहेको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । नागढुंगामा बाक्लो भिड लागेको छ ।

यस्तै, विजयपुरको सडक नजिकै पोलनेर जेब्रा झोला भेटिएको छ । झोलामा बम रहेको हुनसक्ने आशंका गरिएको छ । नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीको बन्दको प्रभाव आज देशै भरी देखिएको छ । पोखरामा प्रभाव कम हुँदै गएको छ । मोटरसाईकल तथा निजी सवारी चल्न सुरु गरेका छन् । सार्वजनिक सवारी भने छिटफुटमात्रै सडकमा देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ