पोखराको बिजयपुरमा टाईम बम विस्फोट, पत्रकार पाण्डे र प्रहरी घाईते

पोखराको बिजयपुरमा टाईम बम विस्फोट, पत्रकार पाण्डे र प्रहरी घाईते

pic (1)

घाईते पत्रकार पाण्डे

गण्डक न्युज पोखरा, ८ फागुन । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएको घटनास्थल पुगेका पत्रकार युनिश गुरुङले जनाए ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पत्रकार र प्रहरी घाईते भएको गण्डक न्युजलाई बताए । ‘दुई जना घाईते भएको थाहा हुन आएको छ । संकास्पद वस्तु देखिएको जानकारी आउने बित्तिकै हामी पुग्यौं । पहिल्यै विस्फोट भयो । पोखरामा नागढुंगा र विजयपुर बाहेक अन्यत्र यस्ता वस्तु भेटिएको थाहा हुन आएको छैन।’ सिंहले भने ।

यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेको छ ।

दमकमा पनि विष्फोट

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको बताईन्छ ।

तस्विर: सन्देश श्रेष्ठ, तारा चापागाईं, कपिल पौडेल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ