गण्डक न्युज पोखरा, ८ फागुन । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएको घटनास्थल पुगेका पत्रकार युनिश गुरुङले जनाए ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पत्रकार र प्रहरी घाईते भएको गण्डक न्युजलाई बताए । ‘दुई जना घाईते भएको थाहा हुन आएको छ । संकास्पद वस्तु देखिएको जानकारी आउने बित्तिकै हामी पुग्यौं । पहिल्यै विस्फोट भयो । पोखरामा नागढुंगा र विजयपुर बाहेक अन्यत्र यस्ता वस्तु भेटिएको थाहा हुन आएको छैन।’ सिंहले भने ।

यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेको छ ।

दमकमा पनि विष्फोट
यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको बताईन्छ ।
तस्विर: सन्देश श्रेष्ठ, तारा चापागाईं, कपिल पौडेल
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ